Advertisement

छाउपढी प्रथा अन्त्य गर्नुपर्ने सरोकारवालाको जोड

Advertisement

महेन्द्रनगर–सुदुरपश्चिम प्रदेशका सरोकारवालाले छाउपडी प्रथा अन्त्य गर्नुपर्ने कुरामा जोड दिएका छन् । बुधबार कृष्णपुर नगरपालिकामा सुदुरपश्चिम प्रदेश सभा समाजिक विकास समितिले आयोजना गरेको अन्तरकृया कार्यक्रममा सरोकारवाला जनप्रतिनिधी एव सरकारी कर्मचारीले प्रथा अन्त्य गर्न छाउपढी गोठ भत्काउनुपर्ने निष्कर्ष निकालेका हुन् ।
कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाले छाउबार्नका लागि गोठमा बसेकी निगालीकी २८ बर्षिया कमला आउजीदमाईको निधनसंगै सबै वडाहरुमा रहेका छाउगोठ भत्काउनुका साथै सचेतना कार्यक्रम संचालन गरिने बताए । ‘पहाडबाट बसाई सरी आएका अधिकांस परिवारहरुमा छाउपढीको समस्या देखिएको छ, अछाम समुदायमा अझ बढि समस्या रहेकोछ, छाउपढी गोढ छिटो भत्काईएन भने अझ थप जोखिम हुन्छ भन्ने हो, जनचेतनामुलक कार्यक्रम गर्दैगरौला, सर्पले टोक्ने कुरामा मात्रै समस्या छैन, समाजमा अन्य विभिन्न बिकृति छ,’ उनले भने, ‘छाउगोठमा सुत्नेकुरा अति नै जोखिम रहेकोछ, कानुन कतिको बाधक रहला हेर्दै गरौला, १५ दिनको म्याद दिएका छौ, सिडियोसाप संग, एसपीसापसंग कुरा भएको छ, सुरुमा १ नं. वडामा जान्छौ, लोकतन्त्रमा पनि हामी निर्मम हुन्छौ, विकासका लािग हामी यो परिस्थीतीमा उत्रिन्छौ, सुरुमा आफै छाउगोठ भत्काउन अनुरोध गरेका छौ नभत्काए आफै नगरपालिका भत्काउछ ।’
छाउपडि समुदायका मानिसको मनमनमा रहेको नगर प्रमुख ओझाले बताए । ‘छाउपढी सबैको मनमनमा छ, यो कुरा प्राकृतिक कुरा हो, बच्चा जन्मीयो भने त्यही रुममा महिलाले बस्न पाउछ तर महिनावारी हुदा छुट्टै घरमा बस्ने कुरा मान्न सकिदैन् । गोठ बनाएर महिलालाई बस्न बाध्य बनाईन्छ भने त्यो सहन सकिदैन,’ नगर प्रमुख ओझाले भने ।
मेयर ओझाले छाउपढी प्रथाको अन्त्यका लागि आउने आर्थिक बर्षको निति तथा कार्यक्रममा समेटेको बताए ।

 

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले छाउपढी प्रथा गैर कानुनी भएकाले कानुन कार्यान्वयनमा जोडदिए । ‘छाउपढी प्रथा गैरकानुनि भएकाले कानुन कार्यन्वयन गर्नुपर्छ, तर कानुन अनुसार गरौ भने पनि समाजका सबैलाई थुन्नुपर्ने हुन सक्छ त्यसैले यो अलि कार्यन्वयन गर्न अलि समस्या छ, कानुनि कारवाही भनेको सेम्बुलिक हो,’ उनले भने, ‘स्थानीय तहको सरकार र प्रदेश सरकारले कानुन बनाएर बजेटिङको व्यवस्था गर्नुपर्छ, तर एक पटक मोभमेन्ट चलाउनैपर्छ त्यो नगरी पनि हुदैन् ।’ प्रजिअ ढकालले प्रशासनबाट जिल्लाका ९वटै पालिकालाई छाउगोठ भत्काउन निर्देशन दिईसको बताए ।

जिल्ला प्रहरी कार्यालय कञ्चपुरका प्रमुख एवं एसपी खडक बहादुर खड्काले छाउपढी अन्त्यका लागि प्रहरी प्रशासनले गर्नुपर्ने कार्य गर्नबाट पछि नहट्ने बताए ।
कार्यक्रममा कृष्णपुर नगरका वडाध्यक्ष एव जनप्रतिनिधीले आ–आफ्नो वडामा रहेका छाउगोठ भत्काउनुका साथै सचेतनामुलक कार्यक्रम संचालनमा जोडदिएका छन । वडा अध्यक्षहरुले छाउगोठ भत्काउनका लागि १५ दिनको समयसिमा रहेको र उक्त समयमा छाउगोठ नभत्काएमा वडाबाट प्रदान गरीने सेवासुविधाहरु रोक्ने बताएका छन् । उनीहरुले जनचेतनामुलक कार्यक्रम चलाईरहदा पनि निर्मुल हुन नसकेको छाउपढीको अन्त्यका लागि कडारुपमा जानुपर्ने बताएका छन् । सुदुरपश्चिम प्रदेश सभा सदस्य एव पुर्वमन्त्री लक्ष्मी विकले विद्यमान छाउपढी प्रथा अन्त्यमा जोडदिदै प्रदेश सभाबाट समेत आवश्यक पहल गर्ने बताईन । सामाजिक विकास समितिका सभापति धर्मराज पाठकले आफुहरुले फिल्डमा सुनेका सबैकुरालाई प्रदेश सभामा लगेर आवश्यक कानुन तथा निति निर्माण गर्ने बताए । उनले खासमा आफुहरुले दुई कुरामा ध्यान दिने बताए । एकमा कानुन निर्माण गर्ने र दोस्रोमा निर्माण गरेका कानुन केकति कार्यान्वयन भइरहेका छन् त्यसको निरीक्षण गर्ने काम रहेको उनले बताए । प्रदेका मन्त्री, मुख्य सचिवलगायतका पक्षसंग बोलाएर छलफल गरीने समेत सभापति पाठकले बताए । समाजिक विकास समितिका सभापति धर्मराज पाठकको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका सांसद, स्थानीय जनप्रतिनिधी सहित सरोकारवालाको सहभागिता रहेको थिए ।

Advertisement

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

राजनीतिक निकासा बिना कुनै पनि आन्दोलन स्थगित नहुने, सुमना श्रेष्ठ

महेन्द्रनगर पूर्व रास्वपा नेतृ सुमना श्रेष्ठले राजनीतिक निकास बिना कुनै पनि आन्दोलन संस्थागत हुन नसक्ने बताएकी छन्। उनले पुराना दल...

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने निकेश साउद, कार्तिक २१ कञ्चनपुरको भीमदत्त नगरपालिकाल...
मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

महेन्द्रनगर – मन्त्र अस्पतालले भोलिदेखि (मिति: २०८२/०७/१८) देखि स्त्रीरोग तथा प्रसूति तथा बालरोग विभागमा नयाँ सेवा सुरु गर्न लागेक...
बेलडाडी गाउपालिका उपाध्यक्ष नाथद्धारा मानसिक अवस्था कमजोर भएका दुई जनाको उद्धार

बेलडाडी गाउपालिका उपाध्यक्ष नाथद्धारा मानसिक अवस्था कमजोर भएका दुई जनाको उद्धार

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको बेलडाँडी गाँउपालिका उपाध्यक्ष शान्ति नाथले मानसिक अवस्था कमजोर भएका दुई जना महिलाको उद्धार गरेकी छन्...
शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

कञ्चनपुर – शुक्रबारदेखि कञ्चनपुर महेन्द्रनगरमा नेपाल जेसीज क्षेत्र(घ) सम्मेलन हुन लागेको छ । नेपाल जेसीजको आयोजना एव महेन्द्रनगर ज...
होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

कञ्चनपुरका युवा पत्रकार रनी विवशलाई उपचार खर्च सहयोग गरिएको छ । जिल्लाका क्रियाशिल पत्रकारले गत बर्ष ०८१ चैत्रमा होली खेलेको ...
तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

कञ्चनपुरको उत्तरी भेग तिलाचौर गाँउको एक मन्दिरमा धार्मिक महामहोत्सव संचालन हुने भएको छ । भीमदत्त नगरपालिका ८ तिलाचौरको सिद्धनाथ म...
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले महेन्द्रनगरमा सहुलियत दरमा चामल विक्रि गर्दै

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले महेन्द्रनगरमा सहुलियत दरमा चामल विक्रि गर्दै

कञ्चनपुर महेन्द्रनगर–खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले महेन्द्रनगरमा सहुलियत दरमा चामल विक्रि गरीरहेको छ । खाद्य व्यवस्थ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज