Advertisement

एनजिओको ठगि धन्दा मात्रै होईन, किसानमाथि अत्याचार

Advertisement

कञ्चनपुर – कञ्चनपुरको लालझाडीका किसान आफ्नै सहकारी र चुरो नेपाल नामक एनजिओबाट ठगिएका छन । ५० प्रतिशत अनुदानमा कृषि समाग्री दिन्छु भन्दै किसानबाट उनीहरुकै सहकारी मार्फत रकम संलकन गर्न लगाएपछि सयौँ किसान ठगिएका हुन ।
अनुदानमा कृषि समाग्री पाईने भन्दै अनमोल कृषि सहकारी र दोदा साना किसान सहकारीले आफ्नै शेयर सदस्य किसानबाट करोडौँ रकम सकलन गरेको थियो ।
गत बर्ष दुवै सहकारीले झण्डै साढे ३ सय किसानबाट अढाई करोड रकम संकलन गरेपनि किसानलाई कृषि समाग्री दिलाउन सकेका छैनन ।
अनमोल कृषि सहकारीले १ सय १० किसानबाट ४८ लाख, ४६ हजार बढि र दोदा साना किसान सहकारीले अढाई सय किसानबाट १ करोड, ९३लाख बढि रकम संकलन गरेका थिए ।
आफ्नै खेतबारीमा उत्पादन भएको कृषि उपज बिक्रि वितरणदेखि सहकारी, बैंक, आफन्तबाट ऋण निकालेर कृषि समाग्री खरिदका लागि सहकारीलाई अग्रीम पैशा बुझाएका किसानको अहिले विचल्ली भएको छ ।
अग्रीम पैशा बुझाएका किसानलाई न समान न पैशा फिर्ता दिईएपछि उनीहरु समस्यामा परेका छन । अनुदानमा कृषि समाग्री पाउने आशमा रहेका झण्डै साढे ३ सय किसानले लालझाडीको अनमोल कृषि सहकारी संस्था र दोदा साना किसान सहकारीमा पैशा बुझाएको एक बर्ष वितिसक्दा पनि कृषि समाग्री नपाएपछि किसान आन्दोलित भएका
छन ।
बुधबार सहकारीका उपभोक्ता एव ठगिएका किसानले दुवै सहकारीको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका छन । उनीहरुले माफुहरुको पैशा फिर्तादेखि समान नपाउँदासम्म ताला नखोल्ने चेतावनी दिएका छन । लालझाडीका युवा किसान अर्जुन चौधरीले दोदा साना किसान सहकारी मार्फत कृषि समाग्री पाईने भएपछि ऋण निकालेर ९५ हजार रकम बुझाएका थिए । चौधरीले पावरटिलर, पानी तान्ने मोटर, घाँस काट्ने चारा मेसिनका लागि ९५ हजार रुपैया बुझाएपनि अहिलेसम्म न समान न रकम फिर्ता पाएको दुखेसो पोखेका छन ।
‘हामी ग्रामिण भेगका किसान माथि यस्तोे अन्याय भयो, कसैले न्याय दिएन, ‘उनले भने, ‘किसानबाट सहकारीले रकम संकलन गरेको हो, हामीले पनि सहकारीमै रकम बुझाएका हौँ, सुरो नेपाल एनजिओलाई जान्दैनौँ, अब सहकारीले नै रकम फिर्ता दिलाउनुपर्छ ।’
अर्का किसान खडक रानाले आफुले अनमोल किसान सहकारीमै गएर रकम बुझाएको बताए । स्वदेशमै कृषि कार्य गरेर केही गर्न सकिने आशले उनले आधुनिक कृषि औजार खरिद गरेर कृषि गर्न खोजेको पनि ठगिएपछि समस्यामा परेको दुखेसो पोखे ।
‘मैले पावर टिलरका लागि सहकारीमै गएर कर्मचारीलाई ७५ हजार रुपैया बुझाएको हुँ, ‘उनले भने, ‘रकम दिएपनि समान दिएको छैन, समान माग्न गएपछि सहकारीले सुरो नेपालबाट आएको छैन भनेर जवाफ आउँछ ।’
किसान गोबिन्द राम चौधरीले आफ्नै सहकारीबाट ठगिएपछि अरुलाई के दोष दिनु भन्दै दुखेसो पोखेका छन । बाह्यबाट आएको चुरो नामक एनजिओको भर पर्दा आफुहरु अन्याय परेको र सहकारीको समेत खास खस्किएको बताए । उनले पनि सहकारीका पावर टिलर घाँस काट्ने मेसिनका लागि ९५ हजार रकम बुझाएपनि न समान न रकम फिर्ता पाएको बताए । अर्का किशान रतन सिह रानाले चुरो नेपालले किसानबाट लाखौँ रकम संकलन गरेर आफुहरुको विचल्ली बनाएको बताए । उनले किसानलाई कृषि समाग्री दिन्छु भन्दै किसानबाट लाखौँ रकम संकलन गरेर केही मान्छेहरु विदेश भ्रमणमा समेत घुम्न गएको बताए । किसानबाट संकलन भएको रकम केही सुरो नेपाल लालझाडीका स्थानीय एजेन्ट, सहकारीदेखि व्यक्तिहरुले दुरुपयोग गरेको दावि गरेका छन ।
किसानहरुले आफुहरुले न्याय नपाउँदासम्म सहकारीमा लगाएको ताला नखोल्ने चेतावनी दिएका छन । तालाबन्दीका कारण दुवै सहकारीको कामकाज प्रभावित भएको छ ।
अनमोल कृषि सहकारी संस्थाका व्यवस्थापक खडक रानाले सुरो नेपाल नामक एनजिओले किसानलाई ५० प्रतिशत अनुदानमा कृषि समाग्री दिन्छु भन्दै ६३किसानबाट पावर टिलरका लागि ७५ हजार र ४८ किसानबाट पानीतान्ने मोटरका लागि १२ हजारका दरले संकलन भएैको ४८लाख, ४६ हजार रकम सुरो नेपालकै खातामा पठाईदिएको बताए । उनले सहकारीले किसानले दिएको रकम हिनामिना नगरेको दावि गर्दै ४०पानी तान्ने मोटरमात्रै आएको बताए ।
आफुहरुलाई समान नदिएपछि सुरो नेपालका अध्यक्ष शुशिला खडका, सहयोगी सुनिता चौधरी, टीकाराम चौधरी र नवराज ओझा बिरुद्धमा मुद्दा दिएको बताए । अहिले अध्यक्ष शुशिला खडका र उनकी सहयोगी शुनिता चौधरी पुरपक्षका लागि कारागारमा छन । बाँकी किसानबाट रकम सकलन गर्ने ठगहरु पक्राउ परेका छैनन । दोदा साना किसान सहकारीका व्यवस्थापक गणेश रानाले अढाई सय किसानबाट सकलन भएको १करोड ९३लाख सुरो नेपालको खातामा जम्मा गरेको बताए । पावर टिलरका लागि ७५ हजार, औषधी छर्किने ट्याङकीका लागि २ हजार, पानीतान्ने मोटरका लागि १२ हजार, घाँस काट्ने मेसिनका लागि २०हजार र रोटाभेटरका लागि ४५ हजारका दरले अढाईसय किसानबाट रकम संकलन भएको बताए । उताबाट ४०थान मोटर र १ सय थान औषधी छर्किने ट्याङकी बाहेक अन्य समान नदिएको बताए । उनले पनि सहकारी ठग्ने सुरो नेपाल बिरुद्धमा मुद्दा चलाएको बताए । कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले सुरो नेपालका अध्यक्ष शुशिला खडका सहित दुई पुरपक्षका लागि जेल चलानभएको बाँकी ठगि धन्दामा सलग्नमाथि छानबिन भईरहेको बताए ।
लालझाडी गाँउपालिका प्रमुख निर्मल रानाले आफ्नो पालिकामा रहेका किसान ठग्नेमाथि कानुनी बार्बाही र उनीहरुकोे चलअचल सम्पत्तीबाट किसानको रकम फिर्ता दिलाउन भूमिका निर्वाहमा जोडदिएका छन । ‘किसानबाट पैशा उठाउने दुई मान्छे जेलमा छन, उनीहरुको संस्था, व्यक्तिगत चल,अचल सम्पत्तीबाट किसानको रकम फिर्ता दिलाउने काम भईरहेको छ, ‘उनले भने, ‘बाँकी किसान ठग्ने व्यक्ति समुह,सहकारीमाथि पनि छानबिन गरेर दोषि भेटिए कार्बाहीका लागि पहल गर्छु ।’

Advertisement

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)को १२ बुदे ज्ञापन पत्र, ७ दिनभित्र माग सम्बोधन गर्न अल्टिमेटम

महेन्द्रनगर – महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)ले १२ बुदे विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ । महाकाली प्राद...

राजनीतिक निकासा बिना कुनै पनि आन्दोलन स्थगित नहुने, सुमना श्रेष्ठ

महेन्द्रनगर पूर्व रास्वपा नेतृ सुमना श्रेष्ठले राजनीतिक निकास बिना कुनै पनि आन्दोलन संस्थागत हुन नसक्ने बताएकी छन्। उनले पुराना दल...

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने निकेश साउद, कार्तिक २१ कञ्चनपुरको भीमदत्त नगरपालिकाल...
मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

महेन्द्रनगर – मन्त्र अस्पतालले भोलिदेखि (मिति: २०८२/०७/१८) देखि स्त्रीरोग तथा प्रसूति तथा बालरोग विभागमा नयाँ सेवा सुरु गर्न लागेक...
बिरामी पत्रकार विवशलाई भीमदत्तकी उपप्रमुख लेखकद्वारा उपचार खर्च

बिरामी पत्रकार विवशलाई भीमदत्तकी उपप्रमुख लेखकद्वारा उपचार खर्च

कञ्चनपुर कञ्चनपुरको भीमदत्त नगरकी उपप्रमुख निमल लेखकले बिरामी पत्रकार रवि विवशलाई उपचार खर्च सहयोग गरेकी छिन । केहीदिनदेखि महाकाली...
शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

कञ्चनपुर – शुक्रबारदेखि कञ्चनपुर महेन्द्रनगरमा नेपाल जेसीज क्षेत्र(घ) सम्मेलन हुन लागेको छ । नेपाल जेसीजको आयोजना एव महेन्द्रनगर ज...
होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

कञ्चनपुरका युवा पत्रकार रनी विवशलाई उपचार खर्च सहयोग गरिएको छ । जिल्लाका क्रियाशिल पत्रकारले गत बर्ष ०८१ चैत्रमा होली खेलेको ...
तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

कञ्चनपुरको उत्तरी भेग तिलाचौर गाँउको एक मन्दिरमा धार्मिक महामहोत्सव संचालन हुने भएको छ । भीमदत्त नगरपालिका ८ तिलाचौरको सिद्धनाथ म...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज