×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

एनजिओको ठगि धन्दा मात्रै होईन, किसानमाथि अत्याचार

कञ्चनपुर – कञ्चनपुरको लालझाडीका किसान आफ्नै सहकारी र चुरो नेपाल नामक एनजिओबाट ठगिएका छन । ५० प्रतिशत अनुदानमा कृषि समाग्री दिन्छु भन्दै किसानबाट उनीहरुकै सहकारी मार्फत रकम संलकन गर्न लगाएपछि सयौँ किसान ठगिएका हुन ।
अनुदानमा कृषि समाग्री पाईने भन्दै अनमोल कृषि सहकारी र दोदा साना किसान सहकारीले आफ्नै शेयर सदस्य किसानबाट करोडौँ रकम सकलन गरेको थियो ।
गत बर्ष दुवै सहकारीले झण्डै साढे ३ सय किसानबाट अढाई करोड रकम संकलन गरेपनि किसानलाई कृषि समाग्री दिलाउन सकेका छैनन ।
अनमोल कृषि सहकारीले १ सय १० किसानबाट ४८ लाख, ४६ हजार बढि र दोदा साना किसान सहकारीले अढाई सय किसानबाट १ करोड, ९३लाख बढि रकम संकलन गरेका थिए ।
आफ्नै खेतबारीमा उत्पादन भएको कृषि उपज बिक्रि वितरणदेखि सहकारी, बैंक, आफन्तबाट ऋण निकालेर कृषि समाग्री खरिदका लागि सहकारीलाई अग्रीम पैशा बुझाएका किसानको अहिले विचल्ली भएको छ ।
अग्रीम पैशा बुझाएका किसानलाई न समान न पैशा फिर्ता दिईएपछि उनीहरु समस्यामा परेका छन । अनुदानमा कृषि समाग्री पाउने आशमा रहेका झण्डै साढे ३ सय किसानले लालझाडीको अनमोल कृषि सहकारी संस्था र दोदा साना किसान सहकारीमा पैशा बुझाएको एक बर्ष वितिसक्दा पनि कृषि समाग्री नपाएपछि किसान आन्दोलित भएका
छन ।
बुधबार सहकारीका उपभोक्ता एव ठगिएका किसानले दुवै सहकारीको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका छन । उनीहरुले माफुहरुको पैशा फिर्तादेखि समान नपाउँदासम्म ताला नखोल्ने चेतावनी दिएका छन । लालझाडीका युवा किसान अर्जुन चौधरीले दोदा साना किसान सहकारी मार्फत कृषि समाग्री पाईने भएपछि ऋण निकालेर ९५ हजार रकम बुझाएका थिए । चौधरीले पावरटिलर, पानी तान्ने मोटर, घाँस काट्ने चारा मेसिनका लागि ९५ हजार रुपैया बुझाएपनि अहिलेसम्म न समान न रकम फिर्ता पाएको दुखेसो पोखेका छन ।
‘हामी ग्रामिण भेगका किसान माथि यस्तोे अन्याय भयो, कसैले न्याय दिएन, ‘उनले भने, ‘किसानबाट सहकारीले रकम संकलन गरेको हो, हामीले पनि सहकारीमै रकम बुझाएका हौँ, सुरो नेपाल एनजिओलाई जान्दैनौँ, अब सहकारीले नै रकम फिर्ता दिलाउनुपर्छ ।’
अर्का किसान खडक रानाले आफुले अनमोल किसान सहकारीमै गएर रकम बुझाएको बताए । स्वदेशमै कृषि कार्य गरेर केही गर्न सकिने आशले उनले आधुनिक कृषि औजार खरिद गरेर कृषि गर्न खोजेको पनि ठगिएपछि समस्यामा परेको दुखेसो पोखे ।
‘मैले पावर टिलरका लागि सहकारीमै गएर कर्मचारीलाई ७५ हजार रुपैया बुझाएको हुँ, ‘उनले भने, ‘रकम दिएपनि समान दिएको छैन, समान माग्न गएपछि सहकारीले सुरो नेपालबाट आएको छैन भनेर जवाफ आउँछ ।’
किसान गोबिन्द राम चौधरीले आफ्नै सहकारीबाट ठगिएपछि अरुलाई के दोष दिनु भन्दै दुखेसो पोखेका छन । बाह्यबाट आएको चुरो नामक एनजिओको भर पर्दा आफुहरु अन्याय परेको र सहकारीको समेत खास खस्किएको बताए । उनले पनि सहकारीका पावर टिलर घाँस काट्ने मेसिनका लागि ९५ हजार रकम बुझाएपनि न समान न रकम फिर्ता पाएको बताए । अर्का किशान रतन सिह रानाले चुरो नेपालले किसानबाट लाखौँ रकम संकलन गरेर आफुहरुको विचल्ली बनाएको बताए । उनले किसानलाई कृषि समाग्री दिन्छु भन्दै किसानबाट लाखौँ रकम संकलन गरेर केही मान्छेहरु विदेश भ्रमणमा समेत घुम्न गएको बताए । किसानबाट संकलन भएको रकम केही सुरो नेपाल लालझाडीका स्थानीय एजेन्ट, सहकारीदेखि व्यक्तिहरुले दुरुपयोग गरेको दावि गरेका छन ।
किसानहरुले आफुहरुले न्याय नपाउँदासम्म सहकारीमा लगाएको ताला नखोल्ने चेतावनी दिएका छन । तालाबन्दीका कारण दुवै सहकारीको कामकाज प्रभावित भएको छ ।
अनमोल कृषि सहकारी संस्थाका व्यवस्थापक खडक रानाले सुरो नेपाल नामक एनजिओले किसानलाई ५० प्रतिशत अनुदानमा कृषि समाग्री दिन्छु भन्दै ६३किसानबाट पावर टिलरका लागि ७५ हजार र ४८ किसानबाट पानीतान्ने मोटरका लागि १२ हजारका दरले संकलन भएैको ४८लाख, ४६ हजार रकम सुरो नेपालकै खातामा पठाईदिएको बताए । उनले सहकारीले किसानले दिएको रकम हिनामिना नगरेको दावि गर्दै ४०पानी तान्ने मोटरमात्रै आएको बताए ।
आफुहरुलाई समान नदिएपछि सुरो नेपालका अध्यक्ष शुशिला खडका, सहयोगी सुनिता चौधरी, टीकाराम चौधरी र नवराज ओझा बिरुद्धमा मुद्दा दिएको बताए । अहिले अध्यक्ष शुशिला खडका र उनकी सहयोगी शुनिता चौधरी पुरपक्षका लागि कारागारमा छन । बाँकी किसानबाट रकम सकलन गर्ने ठगहरु पक्राउ परेका छैनन । दोदा साना किसान सहकारीका व्यवस्थापक गणेश रानाले अढाई सय किसानबाट सकलन भएको १करोड ९३लाख सुरो नेपालको खातामा जम्मा गरेको बताए । पावर टिलरका लागि ७५ हजार, औषधी छर्किने ट्याङकीका लागि २ हजार, पानीतान्ने मोटरका लागि १२ हजार, घाँस काट्ने मेसिनका लागि २०हजार र रोटाभेटरका लागि ४५ हजारका दरले अढाईसय किसानबाट रकम संकलन भएको बताए । उताबाट ४०थान मोटर र १ सय थान औषधी छर्किने ट्याङकी बाहेक अन्य समान नदिएको बताए । उनले पनि सहकारी ठग्ने सुरो नेपाल बिरुद्धमा मुद्दा चलाएको बताए । कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले सुरो नेपालका अध्यक्ष शुशिला खडका सहित दुई पुरपक्षका लागि जेल चलानभएको बाँकी ठगि धन्दामा सलग्नमाथि छानबिन भईरहेको बताए ।
लालझाडी गाँउपालिका प्रमुख निर्मल रानाले आफ्नो पालिकामा रहेका किसान ठग्नेमाथि कानुनी बार्बाही र उनीहरुकोे चलअचल सम्पत्तीबाट किसानको रकम फिर्ता दिलाउन भूमिका निर्वाहमा जोडदिएका छन । ‘किसानबाट पैशा उठाउने दुई मान्छे जेलमा छन, उनीहरुको संस्था, व्यक्तिगत चल,अचल सम्पत्तीबाट किसानको रकम फिर्ता दिलाउने काम भईरहेको छ, ‘उनले भने, ‘बाँकी किसान ठग्ने व्यक्ति समुह,सहकारीमाथि पनि छानबिन गरेर दोषि भेटिए कार्बाहीका लागि पहल गर्छु ।’

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर, २०८३ साल बैशाख २ – कञ्चनपुर प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण कदम चालेको छ। बहुबिवाह मुद्दामा फरार ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति सक्रिय, सुधारका लागि साझा प्रतिबद्धत

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन भएसँगै पहिलो परिचयात्मक ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समितिको पहिलो बैठक सम्पन्न, सेवा सुधारमा जोड

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नवगठित व्यवस्थापन समितिको पहिलो परिचयात्मक तथा अन्...
कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

(more…)
कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

महेन्द्रनगर, कञ्चनपुर — कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ज्ञानेन्द्र सिंह महता प्रतिनि...

होली नखेल्ने गाउँ : ग्वाल्लेक–९, जोशीबुङ्गा (बैतडी)

कञ्चनपुर फागुन १८ बैतडी – सुदूरपश्चिमको दशरथ चन्द नगरपालिका–९ अन्तर्गत पर्ने ग्वाल्लेक–जोशीबुङ्गा गाउँमा सदियौँदेखि रङ्गको पर्व ह...
कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त नगरपालिका वडा नं. ४ मा आयोजित डा. दीपक प्रकाश भट्टको घरदैलो कार्यक्रमले स्थानीय राजनीतिमा ...
चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

महेन्द्रनगर । आशन्न निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गर्नेहरूको लर्को लागेको छ kiकञ्चनपुरमा शुक्रबार...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज