Advertisement

पत्रकार महासंघको ९औ बैठक बेदकोट ताल परिसरमा सम्पन्न

Advertisement

महेन्द्रनगर–नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको मासिक घुम्ती बैठक कञ्चनपुर जिल्लाको धार्मिक पर्यटकिय स्थल बेदकोट ताल परिसरमा बसेको छ । शुक्रबार जिल्लाको बेदकोट नगरपालिका वडा नं। ३ स्थीत बेदकोट ताल परिसरमा महासंघको ९औ बैठक सम्पन्न भएको हो । पत्रकार महासंघका अध्यक्ष सुरेश सिंह धामीको अध्यक्षतामा उपाध्यक्ष धर्मारोकाया, सचिव कुन्दन पाण्डेय, कोषाध्यक्ष मोहन विष्ट र सहसचिव गोकुल जोशीको उपस्थीति रहेको थियो । सदस्यहरुमा केशव भट्ट, दिनेश ओझा, विकास सिंह महता, माधव पौडेल, ऐश्वर्या कुवर, धन बहादुर विकको उपस्थीती रहेको थियो । पत्रकार महासंघका सल्लाहकार माधव धामीको बिशेष उपस्थिति रहेको थियो । बैठकले विभिन्न निर्णय सर्वसम्मतरुपमा पारित गरको छ । बैठकले निम्नलिखित महत्वपूर्ण निर्णय पारित गरेको पत्रकार महासंघ कञ्चनपुर शाखाका सचिव कुन्दन पाण्डेयले बताए ।

१. नेपाल पत्रकार महासंघ शाखा कंचनपुरले कंचनपुरका पत्रकारहरु र सन्चारमाध्यमहरुको हकहितमा जोड दिने, पत्रकार आचारसंहिताको कार्यान्वयनमा सबै पेशागत पत्रकारलाइ आग्रह गर्ने, बिगतमा पहिलो देखि आठौँ बैठकमा गरिएका निर्णयको कार्यान्वयनमा जोड दिने र नेपाल पत्रकार महासंघ शाखा कंचनपुरको भि।न।पा। १८ सालघाडिमा रहेको भवनको कार्यालय ब्यवस्थापन सङ्गै भुईतला लाई पछिल्लो समय धरासायी बन्दै गएका पत्रपत्रीका छपाइमा सहयोग पुगोस भन्ने उदेश्यले मिडिया क्षेत्र संग सम्बन्धित रहेको छापाखाना सन्चालनका लागि सहुलियत दरमा भाडामा दिने निर्णय गरेको छ ।

२. कंचनपुरको बिकास ,समृद्धि र रोजगारीमा अहम भुमिका निर्वाह गर्ने अपेक्षा र आसा गरिएको दैजिछेला औधोगिक क्षेत्र निर्माणको काम द्रुत गतिमा अगाडि बढाउन सरकार संग आग्रह गरेको छ ।
३. कंचनपुरको बेदकोट नगरपालिकामा रहेका बेदकोट ताल , लिङ्गा क्षेत्र लगायतका अन्य धार्मिक पर्यटकिय क्षेत्रहरुको पर्यटन प्रवर्द्धन , प्रचार प्रसार र पुर्वाधार बिकासका ध्यान दिन स्थानिय ,प्रदेश र संघ सरकारलाइ आग्रह गर्दै पर्यटकिय क्षेत्रको बिकास, पर्यटन प्रवद्धन र प्रचार प्रसारको लागि महासंघको सदैव साथ सहयोग रहने प्रतिबद्धता समेत ब्यक्त गरेको छ ।
महासंघले घुम्ती बैठकसंगै अन्तक्रिया पनि गरेको थियो । उक्त कार्यक्रममा बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज प्रमुख अतिथि रहेका थिए । पत्रकारहरु राष्ट्रको अभिन्न अंग भएकोले कुनै व्यक्ती पार्टी, संस्था विशेष भएर लाग्न नहुने कार्यक्रमका प्रमुख अतिथि बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले बताए । पत्रकारिताविनाको लोकतन्त्र अराजक हुने उनले उल्लेख गरे । राजनितिक दल र पत्रकारहरु एक अर्काका परिपुरक रहेको समेत उनले बताए ।
अहिले सामाजिक सञ्जाल लगायतका कारणले मिडिया धरासायी बन्न पुगेको उनले बताए। समाजका हरेक राम्रा र नराम्रा विषयलाई पत्रकारहरुले उठान गर्न हिच्किचाउन नहुनेमा समेत उनले जोड दिए । पत्रकार महासंघका अध्यक्ष सुरेश सिंह धामीले बैठकलाई सुसम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिए ।

Advertisement

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

राजनीतिक निकासा बिना कुनै पनि आन्दोलन स्थगित नहुने, सुमना श्रेष्ठ

महेन्द्रनगर पूर्व रास्वपा नेतृ सुमना श्रेष्ठले राजनीतिक निकास बिना कुनै पनि आन्दोलन संस्थागत हुन नसक्ने बताएकी छन्। उनले पुराना दल...

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने निकेश साउद, कार्तिक २१ कञ्चनपुरको भीमदत्त नगरपालिकाल...
मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

महेन्द्रनगर – मन्त्र अस्पतालले भोलिदेखि (मिति: २०८२/०७/१८) देखि स्त्रीरोग तथा प्रसूति तथा बालरोग विभागमा नयाँ सेवा सुरु गर्न लागेक...
बेलडाडी गाउपालिका उपाध्यक्ष नाथद्धारा मानसिक अवस्था कमजोर भएका दुई जनाको उद्धार

बेलडाडी गाउपालिका उपाध्यक्ष नाथद्धारा मानसिक अवस्था कमजोर भएका दुई जनाको उद्धार

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको बेलडाँडी गाँउपालिका उपाध्यक्ष शान्ति नाथले मानसिक अवस्था कमजोर भएका दुई जना महिलाको उद्धार गरेकी छन्...
शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

कञ्चनपुर – शुक्रबारदेखि कञ्चनपुर महेन्द्रनगरमा नेपाल जेसीज क्षेत्र(घ) सम्मेलन हुन लागेको छ । नेपाल जेसीजको आयोजना एव महेन्द्रनगर ज...
होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

कञ्चनपुरका युवा पत्रकार रनी विवशलाई उपचार खर्च सहयोग गरिएको छ । जिल्लाका क्रियाशिल पत्रकारले गत बर्ष ०८१ चैत्रमा होली खेलेको ...
तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

कञ्चनपुरको उत्तरी भेग तिलाचौर गाँउको एक मन्दिरमा धार्मिक महामहोत्सव संचालन हुने भएको छ । भीमदत्त नगरपालिका ८ तिलाचौरको सिद्धनाथ म...
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले महेन्द्रनगरमा सहुलियत दरमा चामल विक्रि गर्दै

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले महेन्द्रनगरमा सहुलियत दरमा चामल विक्रि गर्दै

कञ्चनपुर महेन्द्रनगर–खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले महेन्द्रनगरमा सहुलियत दरमा चामल विक्रि गरीरहेको छ । खाद्य व्यवस्थ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज