Advertisement

महेन्द्रनगरको खुलामञ्चमा गौरा महोत्सव हुदै, परम्परागत डेउडा नृत्य, गितीकथा वाचन, लोकसंगीत र वाद्य प्रदर्शन

Advertisement

महेन्द्रनगर : महेन्द्रनगरको खुलामञ्चमा गौरा महोत्सव हुने भएको छ । विगत बर्ष जस्तै यस बर्ष पनि महाकाली साहित्य संगमको आयोजनामा महेन्द्रनगरको खुलामञ्चमा गौरा महोत्सव आयोजना हुने भएको हो । शनिबार महाकाली साहित्य संगमले पत्रकार सम्मेलनको आयोजना गरी आगामी भाद्र १२ गतेदेखि महेन्द्रनगरको खुलामञ्चमा महोत्सव सुरु हुने जानकारी दिएको छ । संगमका अध्यक्ष हरिशप्रसाद जोशीले सम्पदा संरक्षण र सांस्कृतिक गौरवलाई उच्च राख्ने उद्देश्यका साथ यस बर्ष पनि विगत बर्षझै गौरा महोत्सव आयोजना गर्न लागिएको बताए ।
अध्यक्ष जोशीका अनुसार वर्षको महोत्सवमा परम्परागत डेउडा नृत्य, गितीकथा वाचन, लोकसंगीत र वाद्य प्रदर्शन लगायत विविध कार्यक्रम समावेश हुने छन् । कार्यक्रमका वरिष्ठ उपाध्यक्ष समेत रहेका सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावलले नेपाली मौलिक संस्कृति आक्रमणमा परेको उल्लेख गर्दै संरक्षणमा जोड दिनुपर्ने बताए । ‘हाम्रो संस्कृतिमाथि आक्रमण भइरहेको छ, मूल स्वरुप समाप्त हुनेतर्फ अग्रसर छ । त्यसैले सांस्कृतिक सम्पदा जोगाउँदै गौरव बढाउने हेतुले महोत्सव आयोजना गर्न लागिएको हो,’ उनले भने, ‘गौरा पर्वले परापुर्वकालमा पनि महिलाहरुको शसक्तिकरपणका लागि पार्वतीले आवाज बुलन्द गरेको कुरा पुनतार्जकि गर्ने गर्दछ ।’
सुदूरपश्चिमको समृद्ध लोकसंस्कृति अझै घरभित्र मात्र सीमित रहेको उल्लेख गर्दै रावलले यसलाई समाजमा सकारात्मक रुपमा प्रस्तुत गर्नुपर्ने बताए । ‘हामीलाई छाउपडी र देउकी प्रथा मात्र मान्ने ठाउँका मानिस भनेर चिन्छन् । तर, दिदीबहिनी भेट्ने र एकता मिलनलाई पर्वका रुपमा मनाउने परम्परा हाम्रो गौरव हो। यसलाई स्थापित गर्न सकेनौं भने हाम्रो मौलिकता हराउने खतरा छ,’ रावलले थपे ।

Advertisement

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)को १२ बुदे ज्ञापन पत्र, ७ दिनभित्र माग सम्बोधन गर्न अल्टिमेटम

महेन्द्रनगर – महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)ले १२ बुदे विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ । महाकाली प्राद...

राजनीतिक निकासा बिना कुनै पनि आन्दोलन स्थगित नहुने, सुमना श्रेष्ठ

महेन्द्रनगर पूर्व रास्वपा नेतृ सुमना श्रेष्ठले राजनीतिक निकास बिना कुनै पनि आन्दोलन संस्थागत हुन नसक्ने बताएकी छन्। उनले पुराना दल...

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने निकेश साउद, कार्तिक २१ कञ्चनपुरको भीमदत्त नगरपालिकाल...
मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

महेन्द्रनगर – मन्त्र अस्पतालले भोलिदेखि (मिति: २०८२/०७/१८) देखि स्त्रीरोग तथा प्रसूति तथा बालरोग विभागमा नयाँ सेवा सुरु गर्न लागेक...
बिरामी पत्रकार विवशलाई भीमदत्तकी उपप्रमुख लेखकद्वारा उपचार खर्च

बिरामी पत्रकार विवशलाई भीमदत्तकी उपप्रमुख लेखकद्वारा उपचार खर्च

कञ्चनपुर कञ्चनपुरको भीमदत्त नगरकी उपप्रमुख निमल लेखकले बिरामी पत्रकार रवि विवशलाई उपचार खर्च सहयोग गरेकी छिन । केहीदिनदेखि महाकाली...
शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

कञ्चनपुर – शुक्रबारदेखि कञ्चनपुर महेन्द्रनगरमा नेपाल जेसीज क्षेत्र(घ) सम्मेलन हुन लागेको छ । नेपाल जेसीजको आयोजना एव महेन्द्रनगर ज...
होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

कञ्चनपुरका युवा पत्रकार रनी विवशलाई उपचार खर्च सहयोग गरिएको छ । जिल्लाका क्रियाशिल पत्रकारले गत बर्ष ०८१ चैत्रमा होली खेलेको ...
तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

कञ्चनपुरको उत्तरी भेग तिलाचौर गाँउको एक मन्दिरमा धार्मिक महामहोत्सव संचालन हुने भएको छ । भीमदत्त नगरपालिका ८ तिलाचौरको सिद्धनाथ म...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज