Advertisement

भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरद्धारा कुखुरा तथा कुखुराजन्य पदार्थ पैठारीमा सतर्कता अपनाउन आग्रह

Advertisement

महेन्द्रनगर–भारतीय सीमावर्ती सहर उद्यम सिंह नगरमा बर्ड फ्लु संक्रमण देखिएपछि सीमा क्षेत्रमा सतर्कता अपनाउन थालिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले भारतीय सीमावर्ती क्षेत्रबाट कुखुृरा तथा कुखुराजन्य पदार्थ पैठारीमा सचेतना अपनाउन आग्रह गरेको हो ।

केन्द्रका प्रमुख पशु चिकित्सक निर्देशक श्याम सिह खड्काले भारतको उद्यम सिह नगरमा बर्ड फ्लु पुष्टि भएको समाचार आएपछि सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको बताए । ‘केही दिन अघि भारतको उद्यमसिम नगर र बागेश्वरमा बर्ड फ्लु पुष्टि भएको समाचार अमर उजाला दैनिकमा आएको छ, यो समाचारलाई आधार बनाएर अहिले सीमावर्ती क्षेत्र र कुखुरा किसानलाई सतर्कताका लागि आग्रह गरि रहेका छौ’ उनले भने ।

उद्यमसिह नगर सीमावर्ती क्षेत्र भएकाले सतर्कता अपनाउन नसकिए बर्ड फ्लु संक्रकण भित्रिन सक्ने भन्दै किसानहरुलाई सतर्कता अपनाउन आग्रह गरेका छन् । ‘सीमा क्षेत्र नजिक छ, त्यसैले यो अति नै संवेदशिल छ, जुनसुकै बेला पनि आउन सक्छ,’ उनले भने ‘त्यसैले सबैले संवेदनशिल बन्न आवश्यक छ, सबै कुखुरा किसानहरुले सतर्कता हुन जरुरी छ ।’

कार्यालय प्रमुख खड्काका अनुसार संक्रमित कुखुरा, कुखुराले खाना खाना, खुवाउने भाँडाकुँडा, बसाइसराई गर्ने चराचुरुङ्गीबाट बर्ड फ्लु आउन सक्ने उच्च जोखिम हुन्छ । बसाई सराई गर्ने चराचुरुङ्गीबाट समेत आएर ठूलो क्षति हुन सक्ने भएकाले समयमा सचेतना अपनाएर मात्रै न्यूनीकरण गर्न सकिने उनले बताए ।
कार्यालयले सीमावर्ती क्षेत्रबाट कुखुरा सहित कुखुराजन्य पदार्थ लगायतका सबै ओसारपासरमा नियन्त्रणका लागि सबैलाई आग्रह गरेको उनले बताए । ‘त्यसका लागि हामीले जनचेतना फैलाउने कार्य गरि रहेका छौ’ कार्यालय प्रमुख खड्काले भने । कञ्चनपुरको ब्रह्मदेबदेखि डोकेबजार सम्म भारतसित खुला सीमा छ ।

Advertisement

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)को १२ बुदे ज्ञापन पत्र, ७ दिनभित्र माग सम्बोधन गर्न अल्टिमेटम

महेन्द्रनगर – महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)ले १२ बुदे विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ । महाकाली प्राद...

राजनीतिक निकासा बिना कुनै पनि आन्दोलन स्थगित नहुने, सुमना श्रेष्ठ

महेन्द्रनगर पूर्व रास्वपा नेतृ सुमना श्रेष्ठले राजनीतिक निकास बिना कुनै पनि आन्दोलन संस्थागत हुन नसक्ने बताएकी छन्। उनले पुराना दल...

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने निकेश साउद, कार्तिक २१ कञ्चनपुरको भीमदत्त नगरपालिकाल...
मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

महेन्द्रनगर – मन्त्र अस्पतालले भोलिदेखि (मिति: २०८२/०७/१८) देखि स्त्रीरोग तथा प्रसूति तथा बालरोग विभागमा नयाँ सेवा सुरु गर्न लागेक...
बिरामी पत्रकार विवशलाई भीमदत्तकी उपप्रमुख लेखकद्वारा उपचार खर्च

बिरामी पत्रकार विवशलाई भीमदत्तकी उपप्रमुख लेखकद्वारा उपचार खर्च

कञ्चनपुर कञ्चनपुरको भीमदत्त नगरकी उपप्रमुख निमल लेखकले बिरामी पत्रकार रवि विवशलाई उपचार खर्च सहयोग गरेकी छिन । केहीदिनदेखि महाकाली...
शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

कञ्चनपुर – शुक्रबारदेखि कञ्चनपुर महेन्द्रनगरमा नेपाल जेसीज क्षेत्र(घ) सम्मेलन हुन लागेको छ । नेपाल जेसीजको आयोजना एव महेन्द्रनगर ज...
होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

कञ्चनपुरका युवा पत्रकार रनी विवशलाई उपचार खर्च सहयोग गरिएको छ । जिल्लाका क्रियाशिल पत्रकारले गत बर्ष ०८१ चैत्रमा होली खेलेको ...
तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

कञ्चनपुरको उत्तरी भेग तिलाचौर गाँउको एक मन्दिरमा धार्मिक महामहोत्सव संचालन हुने भएको छ । भीमदत्त नगरपालिका ८ तिलाचौरको सिद्धनाथ म...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज