Advertisement

जिल्लाको दक्षिणी भुगोलबाट एक्ला युवा निर्माण व्यवसायी कार्की संघको सहकोषाध्यक्षको दौडमा

Advertisement

कञ्चनपुर-कञ्चनपुरका युवा निर्माण व्यवसायी चित्र बहादुर कार्की यतिबेला जिल्ला सदरमुकाम महेन्द्रनगरमा व्यस्थ छन । आउँदो शनिबार २१ भदौँमा हुन लागेको निर्माण व्यवसायी संघ कञ्चनपुरको १५औँ कार्य समितिको निर्वाचनका लागि युवा निर्माण व्यवसायी कार्की जिल्ला मुकाममा व्यस्थ रहेका हुन । संघमा उनी आफ्नो सिङ्गो टिम पुष्पराज अवस्थी नेतृत्वको प्यानल जिताउनका लागि मत माग्न खटिएका छन ।
जिल्लाकै चार पालिका रहेको दक्षिणी क्षेत्रकोे भुगोलबाट सघको पदाधिकारीमा उनी एक्ला उम्मेदवार हुन । यस अघि १४औँ कार्य समितिको निर्वाचनबाट सदस्य पदमा सानदारका साथ जित हासिल गरेका युवा निर्माण व्यवसायी कार्की अहिले पदाधिकारी सहकोषाध्यक्षको दौडमा आफ्नो अपराजित यात्रा तय गर्न लागेका छन ।
डेढ दशकदेखि निर्माण व्यवसायी क्षेत्रमा सकृय कार्की केदार निर्माण सेवा प्रालिका संचालक हुन । उनले स्थानीय स्तरदेखि जिल्ला बाहिर समेत निर्माण क्षेत्रमा कामकाज सफलतापुर्वक गरेका छन । सरकारीदेखि सार्वजनिक निकायबाट पाएको काम समयमै गुणस्तरिय रुपमा सम्पन्न गर्दै जिम्मेबारी निर्वाह गरेका कार्की अहिले संघकै पदाधिकारीको जिम्मेबारीमा जान खोजेका छन । निर्माण व्यवसायी संघ कञ्चनपुरको सहकोषाध्यक्षका उम्मेदबार चित्र बहादुर कार्कीले आम निर्माण व्यवसायीहरुको साझा हकहितका लागि काम गर्ने एजेण्डा लिएका छन । उनले साना व्यवसायीहरुले खेप्दै आएका समस्या पहिचान गर्दै आगामी दिनमा भुक्तानीदेखिका काममा देखिने झन्झट हटाउँदै सबै व्यवसायीहरुलाई मर्यादित, भयरहित वातावरणमा कामकाज गर्नका लागि पहल गर्ने प्रतिज्ञा गरेका छन । ‘संघमा पनि धेरै साथी व्यवसायीहरु छुटेका छन, उनीहरुलाई पनि संघमा आबद्ध गराउँदै संस्थागत हित विकास गर्दै स्वच्छ निष्पक्ष, पादरर्शी, सम्मानित पेशा पाउने मेरो संकल्प छ, ‘उनले भने, ‘यही एजेण्डा साथ हामी चुनावमा होमिएका छौँ, हामीलाई अहिले विश्वास गरे त्यही अनुरुप आम व्यवसायीहरुको हकहितमा काम गछौँ ।’

Advertisement

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)को १२ बुदे ज्ञापन पत्र, ७ दिनभित्र माग सम्बोधन गर्न अल्टिमेटम

महेन्द्रनगर – महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)ले १२ बुदे विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ । महाकाली प्राद...

राजनीतिक निकासा बिना कुनै पनि आन्दोलन स्थगित नहुने, सुमना श्रेष्ठ

महेन्द्रनगर पूर्व रास्वपा नेतृ सुमना श्रेष्ठले राजनीतिक निकास बिना कुनै पनि आन्दोलन संस्थागत हुन नसक्ने बताएकी छन्। उनले पुराना दल...

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने निकेश साउद, कार्तिक २१ कञ्चनपुरको भीमदत्त नगरपालिकाल...
मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

महेन्द्रनगर – मन्त्र अस्पतालले भोलिदेखि (मिति: २०८२/०७/१८) देखि स्त्रीरोग तथा प्रसूति तथा बालरोग विभागमा नयाँ सेवा सुरु गर्न लागेक...
बिरामी पत्रकार विवशलाई भीमदत्तकी उपप्रमुख लेखकद्वारा उपचार खर्च

बिरामी पत्रकार विवशलाई भीमदत्तकी उपप्रमुख लेखकद्वारा उपचार खर्च

कञ्चनपुर कञ्चनपुरको भीमदत्त नगरकी उपप्रमुख निमल लेखकले बिरामी पत्रकार रवि विवशलाई उपचार खर्च सहयोग गरेकी छिन । केहीदिनदेखि महाकाली...
शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

कञ्चनपुर – शुक्रबारदेखि कञ्चनपुर महेन्द्रनगरमा नेपाल जेसीज क्षेत्र(घ) सम्मेलन हुन लागेको छ । नेपाल जेसीजको आयोजना एव महेन्द्रनगर ज...
होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

कञ्चनपुरका युवा पत्रकार रनी विवशलाई उपचार खर्च सहयोग गरिएको छ । जिल्लाका क्रियाशिल पत्रकारले गत बर्ष ०८१ चैत्रमा होली खेलेको ...
तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

कञ्चनपुरको उत्तरी भेग तिलाचौर गाँउको एक मन्दिरमा धार्मिक महामहोत्सव संचालन हुने भएको छ । भीमदत्त नगरपालिका ८ तिलाचौरको सिद्धनाथ म...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज