महेन्द्रनगर – कञ्चनपुरबाट नक्कली भारतीय नोट सहित तिन विदेशी नागरीक र दुई नेपालीगरी पाँच जना पक्राउ परेका छन् । शुक्रबार राती जिल्लाको शुक्लाफाटा नगरपालिका वडा नं. ३ जोनापुरस्थित रहेको नेपाली सेनाको श्री रणसिंह गण जोनापुर पोष्टले ग्ए१४ द्यज्२०७३ भारतीय नम्बर प्लेटको गाडि जाँच गर्दा १ सय ४७ थान भारतीय पाँचसयका नोटका रंगिन प्रतिलिपि(नक्कली नोट) भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक सागर बोहराले जानकारी दिए ।
उक्त गाडिमा भारतीय पाँच सयका नक्कली नोट बोकि रहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झलारीको प्रहरी टोलीले पिछा गरीरहेको डिएसपि बोहराले बताए । गाडिमा सवार शुक्लाफाटा नगरपालिका वडा नंम्बर १ बन्साहका ३२ बर्षिय सौगात बहादुर सिंह, सोही ठाँउका २४ बषिय चन्द्र बोहरासहित तिन जना भारतीय नागरीक पक्राउ गरीएको सूचना अधिकारी बोहराले बताए ।
जिल्ला प्रहरी कर्यालय कञ्चनपुरका सूचना अधिकारी एवं प्रहरी नायवउपरिक्षक बोहराका अनुसार भारतको बरेली तेसिलमिगञ्ज ग्रामका २५ बर्षिय कुलदिप चतुर्वेदी, बरेली फटितेगञ्जका २० बर्षिय अमित यादव, बरेली उदमासिंहनगर उत्तराखण्डका २४ बर्षिय हिंमासु शर्मालाई पक्राउ गरी आवश्यकअनुसन्धान कार्य भईरहेको छ ।
नक्कली भारतीय नोट सहित तिन विदेशी नागरीक गरी पाच जना पक्राउ
प्रकाशित:
