अन्तर्राष्ट्रिय रूपमा ख्याति प्राप्त बरिष्ठ वैज्ञानिक तथा १०४ भन्दा बढी देशमा सेमिनार गरी सकेका र अन्तर्राष्ट्रिय सम्बन्ध रहेका नेपालको भ्रष्टाचार विरोधी अभियन्ता तथा GEN Z आन्दोलनलाई सहयोग गरी रहेका, covid-19 का चर्चित डा. रमेश आचार्यलाई स्वास्थ्य मन्त्री वा परराष्ट्र मन्त्रीमा नियुक्ति हुने संभावना रहेको छ।
उहाँको अनुभव र योगदान केवल चिकित्सा विज्ञान र अनुसन्धानमा मात्र सीमित छैन, उहाँले महामारीको कठिन समयमा हजारौं नेपालीलाई स्वास्थ्य परामर्श, सचेतना अभियान र सहयोग प्रदान गरी राष्ट्रिय स्तरमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको हो।
स्वास्थ्य मन्त्रीको रूपमा, उहाँले देशको सार्वजनिक स्वास्थ्य प्रणाली सुधार गर्ने, ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच विस्तार गर्ने र नविन प्रविधि र अनुसन्धानलाई प्राथमिकता दिने योजना ल्याउन सक्नुहुन्छ।
त्यस्तै परराष्ट्र मन्त्रीको रूपमा, उहाँको अन्तर्राष्ट्रिय अनुभव र सम्पर्कहरू नेपाललाई विश्वमञ्चमा थप मजबुत रूपमा प्रस्तुत गर्न, कूटनीतिक सम्बन्ध विस्तार गर्न र वैदेशिक लगानी तथा स्वास्थ्य प्रविधि आदानप्रदानमा महत्वपूर्ण भूमिका खेल्न सक्नेछन्।
उहाँजस्तो योग्य, इमानदार र अनुभवी व्यक्तित्वको अगुवाइमा सरकारको नीति तथा कार्यक्रमले नयाँ उचाइ हासिल गर्ने पूर्ण विश्वास लिइएको छ।
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।