×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

बेलौरी मेयर कपमा खेलाडीमाथि कुटपिट — कञ्चनपुर खेलकुद समितिको छानबिन र कडा कारबाहीको माग

कञ्चनपुर — बेलौरीमा जारी मेयर कप फुटबल प्रतियोगिताका क्रममा खेलाडी करन पालमाथि भएको कुटपिट घटनापछि खेलकुद क्षेत्रबाट दोषीमाथि कडा कारबाही र निष्पक्ष छानबिनको माग तीव्र बनेको छ।
आइतबार मायामेट्रो अस्पतालमा उपचाररत पाललाई भेट्न पुगेका कञ्चनपुर खेलकुद समितिका अध्यक्ष कुबेर खड्काले घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै “दोषीलाई कुनै हालतमा उन्मुक्ति दिनु हुँदैन” भन्दै तत्काल छानबिन प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई आग्रह गरे।
उनका अनुसार खेल मैदानमै भएको हिंसात्मक आक्रमण एक खेलाडीमात्र नभई सम्पूर्ण खेल क्षेत्रमाथिको प्रहार भएको हो।
घटनापछि प्रदेश खेलकुद परिषद्को सदस्य–सचिव, कञ्चनपुर जिल्ला फुटबल संघ, जिल्ला खेलकुद समिति, जिल्ला रेफ्री संघ तथा स्थानीय खेलकुद समुदायले पनि एक स्वरमा दोषी पहिचान गरी कानुनी कारबाही गर्न माग गरेका छन्।
अध्यक्ष खड्काले घाइते खेलाडीको उपचारमा आवश्यक सहयोग सुनिश्चित गर्नुका साथै भविष्यमा यस्ता अमानवीय घटना दोहोरिन नदिन खेलमैदानमा सुरक्षा व्यवस्था कडाइका साथ लागू गर्नुपर्ने आवश्यकता औँल्याए।
यसैबीच, पालका परिवार, स्थानीय खेलाडी तथा खेलकुद क्षेत्रका अगुवाहरूले कानुनी प्रक्रियामा ढिलाइ वा सम्झौताको प्रयास भए आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन्।
सुदूरपश्चिमबाट बी–डिभिजन लिगसम्म खेलिसकेका प्रतिभाशाली खेलाडी पालमाथि खेलमैदानमै भएको कुटपिटप्रति प्रदेशभर तीव्र प्रतिक्रिया आएको छ। केही समय अघि बेलडाँडीको झिलमिला युवा समाजले उनलाई विशेष सम्मान प्रदान गरेको थियो।
चर्चित खेलाडी यति गम्भीर रूपमा घाइते हुनु खेदजनक भएको भन्दै आयोजक समितिमाथि चर्को आलोचना बढ्दै गएको छ। सुरक्षा व्यवस्थामा कमजोरी र विवाद व्यवस्थापनमा उदासिनता देखिएको भन्दै यसको पूरा जिम्मेवारी आयोजक समितिलाई लिनुपर्ने माग उठिरहेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

होली फेम्ली क्रिकेट महाकुम्भ : मैदानमा चम्किँदै भोलिका राष्ट्रिय स्टार

कञ्चनपुर जेठ २६ गते हेमा भट्ट, कञ्चनपुरको भीमदत्त नगरपालिका-१० स्थित होली फेम्ली इङ्लिस मिडियम स्कुलको खेल मैदान यतिबेला क्रिक...

दैजीमा दुर्घटना १३ जना घाइते

कञ्चनपुर, जेठ २५ गते कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजीस्थित महेन्द्र राजमार्गमा आइतबार दिउँसो विद्युतीय (ईभी) हायस दुर्घटना हु...

भोलीदेखि होली फेम्ली स्कुल जिमुवामा अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता

केशब थापा, जेठ १५ कञ्चनपुरको होलीफेम्ली ईङलिश मिडियम स्कुलमा अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । भीमदत्त नगरप...
कञ्चनपुरका बिरेन्द्र साउद रास्वपा शिक्षा विभाग केन्द्रीय सदस्य

कञ्चनपुरका बिरेन्द्र साउद रास्वपा शिक्षा विभाग केन्द्रीय सदस्य

कञ्चनपुर जेठ १२ गते डिल्लीराज पन्त, राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा) कञ्चनपुरका युवा नेता बिरेन्द्र सिह साउद केन्द्रीय शिक्षा व...
विवादपछि श्रीमानको हत्या गरेको श्रीमतीको बयान

विवादपछि श्रीमानको हत्या गरेको श्रीमतीको बयान

महेन्द्रनगर (कञ्चनपुर), जेठ ७ — कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–५, रकुनी टोलमा ४५ वर्षीय लीलाराम सुनारको हत्या प्रकरणमा उनकी...
रानीसैनमा पर्यटकमाथि दुर्व्यवहारको आरोप : लाम्पाटाबाटै फर्काइए, केही घाइते

रानीसैनमा पर्यटकमाथि दुर्व्यवहारको आरोप : लाम्पाटाबाटै फर्काइए, केही घाइते

कञ्चनपुर जेठ ४ गते हुम्ला । सुन्दर पर्यटकीय गन्तव्य मानिने रानीसैन क्षेत्रमा घुम्न पुगेका पर्यटकमाथि दुर्व्यवहार भएको आरोप सार्वज...
गोदामभरि मल, खेतमा अभाव” — कञ्चनपुरका किसान रोपाइँको मुखमै संकटमा, सरकारी ढिलासुस्तीले बढ्यो आक्रोश

गोदामभरि मल, खेतमा अभाव” — कञ्चनपुरका किसान रोपाइँको मुखमै संकटमा, सरकारी ढिलासुस्तीले बढ्यो आक्रोश

कञ्चनपुर जेठ ५ गते कञ्चनपुरमा धानको बेर्ना छर्ने मुख्य सिजन सुरु भएसँगै  किसानहरू रासायनिक मलको चरम अभाव झेल्नबाध्य भएका छन्।स...
सुदूरपश्चिमका लागि परिणाममुखी बजेटको माग “अब उद्घाटनका भाषण होइन, सम्पन्न आयोजना चाहिन्छ” — सांसद ज्ञानेन्द्र सिंह महता

सुदूरपश्चिमका लागि परिणाममुखी बजेटको माग “अब उद्घाटनका भाषण होइन, सम्पन्न आयोजना चाहिन्छ” — सांसद ज्ञानेन्द्र सिंह महता

कञ्चनपुर जेठ ४ गते काठमाडौं,— प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज