×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

इतिहास रच्दै लुम्बिनी लायन्स एनपीएल–२ को च्याम्पियन, सुदूरपश्चिम फेरि फाइनलमै रोकियो

कञ्चनपुर । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले हात पारेको छ। त्रिवि क्रिकेट मैदानमा सम्पन्न फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले शानदार प्रदर्शनसहित च्याम्पियन बन्ने उपलब्धि हासिल गरेको छ।

टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १९.१ ओभरमै ८५ रनमा अलआउट भएपछि यस संस्करणको एनपीएलमा पहिलो इनिङ्समा बनेको सबैभन्दा कम स्कोरको चुनौती दिएको थियो । फाइनलजस्तो महत्वपूर्ण खेलमा कमजोर ब्याटिङ देखिँदा सुदूरपश्चिम लगातार दोस्रो पटक उपविजेतामा सीमित रहन बाध्य भयो।

८६ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले ९ ओभरमै ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। ओपनर दिनेश अधिकारीले १३ बलमा १ चौका र ५ छक्का प्रहार गर्दै आक्रामक सुरुवात दिलाए। डार्सी सर्ट १४ रनमा आउट भए भने रोहित कुमार पौडेल १६ रनमा क्याच भए। सन्दीप जोरा डकआउट भए पनि निरोशन डिकवेला १६ रन र दिलिप नाथ १ रनमा अविजित रहँदै टोलीलाई उपाधि दिलाए।

सुदूरपश्चिमका लागि बलिङतर्फ हेमन्त धामीले २ विकेट लिए भने अभिनास बोहोरा र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट हात पारे।

यसअघि सुदूरपश्चिमको ब्याटिङमा इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए। विनोद भण्डारी र पुनित मेहरा डकआउट हुँदा अन्य ब्याटरहरू पनि टिक्न सकेनन्। कप्तान दीपेन्द्र सिंह ऐरी १३ रनमा आउट भए। लुम्बिनीका कप्तान रोहित पौडेलले १०.५ र १०.६ ओभरमा लगातार दुई विकेट लिँदै व्यक्तिगत ह्याट्रिक पूरा गरे, जुन एनपीएल इतिहासको दोस्रो ह्याट्रिक हो।

लुम्बिनी लायन्सका लागि बलिङमा रोहित पौडेल, रुबेन ट्रम्पलमेन र शेर मल्लले समान ३–३ विकेट लिए भने तिलक राज भण्डारीले १ विकेट थपे।

लिग चरणदेखि उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेको सुदूरपश्चिम निर्णायक खेलमा अपेक्षित प्रदर्शन गर्न असफल रह्यो। पहिलो सिजनमा अंक तालिकाको अन्तिम स्थानमा रहेको लुम्बिनी लायन्सले यसपटक नतिजा उल्ट्याउँदै एनपीएल–२ को उपाधि जितेर इतिहास रचेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

होली फेम्ली क्रिकेट महाकुम्भ : मैदानमा चम्किँदै भोलिका राष्ट्रिय स्टार

कञ्चनपुर जेठ २६ गते हेमा भट्ट, कञ्चनपुरको भीमदत्त नगरपालिका-१० स्थित होली फेम्ली इङ्लिस मिडियम स्कुलको खेल मैदान यतिबेला क्रिक...

दैजीमा दुर्घटना १३ जना घाइते

कञ्चनपुर, जेठ २५ गते कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजीस्थित महेन्द्र राजमार्गमा आइतबार दिउँसो विद्युतीय (ईभी) हायस दुर्घटना हु...

भोलीदेखि होली फेम्ली स्कुल जिमुवामा अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता

केशब थापा, जेठ १५ कञ्चनपुरको होलीफेम्ली ईङलिश मिडियम स्कुलमा अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । भीमदत्त नगरप...
कञ्चनपुरका बिरेन्द्र साउद रास्वपा शिक्षा विभाग केन्द्रीय सदस्य

कञ्चनपुरका बिरेन्द्र साउद रास्वपा शिक्षा विभाग केन्द्रीय सदस्य

कञ्चनपुर जेठ १२ गते डिल्लीराज पन्त, राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा) कञ्चनपुरका युवा नेता बिरेन्द्र सिह साउद केन्द्रीय शिक्षा व...
विवादपछि श्रीमानको हत्या गरेको श्रीमतीको बयान

विवादपछि श्रीमानको हत्या गरेको श्रीमतीको बयान

महेन्द्रनगर (कञ्चनपुर), जेठ ७ — कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–५, रकुनी टोलमा ४५ वर्षीय लीलाराम सुनारको हत्या प्रकरणमा उनकी...
रानीसैनमा पर्यटकमाथि दुर्व्यवहारको आरोप : लाम्पाटाबाटै फर्काइए, केही घाइते

रानीसैनमा पर्यटकमाथि दुर्व्यवहारको आरोप : लाम्पाटाबाटै फर्काइए, केही घाइते

कञ्चनपुर जेठ ४ गते हुम्ला । सुन्दर पर्यटकीय गन्तव्य मानिने रानीसैन क्षेत्रमा घुम्न पुगेका पर्यटकमाथि दुर्व्यवहार भएको आरोप सार्वज...
गोदामभरि मल, खेतमा अभाव” — कञ्चनपुरका किसान रोपाइँको मुखमै संकटमा, सरकारी ढिलासुस्तीले बढ्यो आक्रोश

गोदामभरि मल, खेतमा अभाव” — कञ्चनपुरका किसान रोपाइँको मुखमै संकटमा, सरकारी ढिलासुस्तीले बढ्यो आक्रोश

कञ्चनपुर जेठ ५ गते कञ्चनपुरमा धानको बेर्ना छर्ने मुख्य सिजन सुरु भएसँगै  किसानहरू रासायनिक मलको चरम अभाव झेल्नबाध्य भएका छन्।स...
सुदूरपश्चिमका लागि परिणाममुखी बजेटको माग “अब उद्घाटनका भाषण होइन, सम्पन्न आयोजना चाहिन्छ” — सांसद ज्ञानेन्द्र सिंह महता

सुदूरपश्चिमका लागि परिणाममुखी बजेटको माग “अब उद्घाटनका भाषण होइन, सम्पन्न आयोजना चाहिन्छ” — सांसद ज्ञानेन्द्र सिंह महता

कञ्चनपुर जेठ ४ गते काठमाडौं,— प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज