तस्करको भागाभाग, १२८ क्यूफिट अवैध साल काठ बरामद

प्रकाशित:

कन्चन्पुर

— कैलालीको चुरे क्षेत्रबाट ठूलो परिमाणमा अवैध रूपमा कटान गरिएको सालको चिरान काठ बरामद भएको छ। चुरे गाउँपालिका–५ स्थित मौरी गाउँको बाँसपानी सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा लुकाइछिपाइ राखिएको १२८ क्यूफिट सालको चिरान काठ डिभिजन वन कार्यालय धनगढीको टोलीले बरामद गरेको हो।

Oplus_131072
Oplus_131072
Oplus_131072
Oplus_131072
Oplus_131072


डिभिजन वन कार्यालय धनगढीका प्रमुख तथा डिभिजनल वन अधिकृत रामबिचारी ठाकुरको नेतृत्वमा गएको टोलीले विशेष सुराकीका आधारमा वन क्षेत्रबाट चोरी गरी गाउँका विभिन्न स्थानमा लुकाइ राखिएको काठ नियन्त्रणमा लिएको जनाएको छ।

Oplus_131072

डिभिजनल वन अधिकृत ठाकुरका अनुसार गस्तीका क्रममा २ सय १० थान चिरान गरिएको कडी र २३ थान फ्रेम बरामद गरिएको हो। तस्करहरूले जंगलमै हाते आरा प्रयोग गरी सालको रूख चिरान गर्ने र बिक्रीका लागि सिस्नु तथा बाँसको झाङभित्र लुकाइ राख्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ

Oplus_131072

वन कार्यालयका अनुसार काठ तस्करीमा संलग्न व्यक्तिहरू फरार रहेका छन् र उनीहरूको खोजी तीव्र पारिएको छ। दोषीहरूलाई छिट्टै पक्राउ गरी कानुनी दायरामा ल्याइने जनाइएको छ।

  1. Oplus_131072

    उल्लेखनीय कुरा के छ भने डिभिजनल वन अधिकृत ठाकुर गत शुक्रबार मात्रै कार्यालयमा हाजिर भएका हुन्। चुरे क्षेत्रमा काठ तस्करी र अवैध फडानी व्यापक रूपमा भइरहेको भन्ने सूचनापछि उहाँ हाजिर भएकै दिनदेखि गस्ती तथा अनुगमनमा सक्रिय रूपमा खटिनु भएको छ।
    नयाँ प्रमुखको सक्रियतासँगै वन क्षेत्रमा कडाइ बढेको र ठाकुर हाजिर भएपछि वन तस्करहरूमा भागाभाग मच्चिएको स्थानीयवासीहरूले बताएका छन्। यस घटनाले चुरे क्षेत्रको वन संरक्षणमा कडाइ हुने संकेत दिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार