×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

३ करोड लगानीमा भीमदत्त–ब्रह्मदेव लिङ्क सडक निर्माण हुँदै, शुक्रबारदेखि काम सुरु

कञ्चनपुर

महेन्द्रनगर  भिमदत्तनगरपालिका वडा नम्बर १० मा करिब ३ करोड रुपैयाँको लगानीमा महत्वपूर्ण सडक निर्माण हुने भएको छ। दोधारा–चाँदनी, भीमदत्त हुँदै ब्रह्मदेव लिङ्क जोड्ने सडक निर्माणको ठेक्का ज्ञान÷जिके जेभी महेन्द्रनगरले पाएको छ।
गड्डाचौकी ब्यारियलदेखि करिब डेढ किलोमिटर लम्बाइको यस सडक बजार क्षेत्रभित्र नालीसहित सात मिटर फराकिलो निर्माण गरिनेछ। सडक निर्माणसँगै व्यवस्थित नाली बनाइने भएकाले वर्षा तथा बाढीको समयमा हुने पानी निकास समस्यामा समेत सुधार आउने अपेक्षा गरिएको छ।
भीमदत्त नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष महेश चन्दले ३ करोडको लगानीमा निर्माण हुन लागेको यस सडकले मुख्य बजार, विद्यालय, स्वास्थ्य चौकी तथा आवासीय क्षेत्रलाई जोड्ने बताए। उनले यसले स्थानीय यातायात सहज बनाउनुका साथै जनजीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।
अध्यक्ष चन्दले भने, “फराकिलो सडक र नाली निर्माणले हाम्रो शहरको दिगो विकास र सुरक्षित यातायाततर्फ ठूलो कदम हुनेछ। हामी स्थानीय बासिन्दा र यात्रुहरूको सुविधा तथा सुरक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ।”
स्थानीय बासिन्दाहरूले पनि सडक निर्माणपछि दैनिक जीवन सहज हुने र बजार क्षेत्रको सौन्दर्यतामा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरेका छन्।
ज्ञान÷जिके जेभी महेन्द्रनगरका सञ्चालक ज्ञानेन्द्र प्रसाद जोशीले चाँदनी–भीमदत्त–ब्रह्मदेव लिङ्क सडकको निर्माण कार्य शुक्रबारदेखि सुरु गरिने जानकारी दिए। उनले सम्झौता भएको समयसीमाभन्दा अगावै निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाए।
सडक निर्माण सम्पन्न भएपछि यस क्षेत्रको यातायात व्यवस्थापन, पानी निकास र समग्र शहरी विकासमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

जोखिम र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सक्रिय सांसद महता

जोखिम र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सक्रिय सांसद महता

कञ्चनपुर, वैशाख ६— कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र सिंह महताले चौधर नदीले स्थानीय बस्तीमा पुर्...
कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर, २०८३ साल बैशाख २ – कञ्चनपुर प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण कदम चालेको छ। बहुबिवाह मुद्दामा फरार ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति सक्रिय, सुधारका लागि साझा प्रतिबद्धत

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन भएसँगै पहिलो परिचयात्मक ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समितिको पहिलो बैठक सम्पन्न, सेवा सुधारमा जोड

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नवगठित व्यवस्थापन समितिको पहिलो परिचयात्मक तथा अन्...
कञ्चनपुरमा सवारी चालकको लागूऔषध परीक्षण, १८ मध्ये ३ जनामा पोजिटिभ

कञ्चनपुरमा सवारी चालकको लागूऔषध परीक्षण, १८ मध्ये ३ जनामा पोजिटिभ

कञ्चनपुर, फागुन २८ — कञ्चनपुरमा सवारी चालकहरूमाथि गरिएको लागूऔषध परीक्षणका क्रममा १८ जनामध्ये ३ जनामा लागूऔषध सेवन गरेको पुष्टि...
कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

महेन्द्रनगर, कञ्चनपुर — कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ज्ञानेन्द्र सिंह महता प्रतिनि...

होली नखेल्ने गाउँ : ग्वाल्लेक–९, जोशीबुङ्गा (बैतडी)

कञ्चनपुर फागुन १८ बैतडी – सुदूरपश्चिमको दशरथ चन्द नगरपालिका–९ अन्तर्गत पर्ने ग्वाल्लेक–जोशीबुङ्गा गाउँमा सदियौँदेखि रङ्गको पर्व ह...
कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त नगरपालिका वडा नं. ४ मा आयोजित डा. दीपक प्रकाश भट्टको घरदैलो कार्यक्रमले स्थानीय राजनीतिमा ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज