×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

जिल्लामा अपराध नियन्त्रण तीव्र : ८ मुद्दा दायर, १०५ सचेतनामूलक कार्यक्रम सम्पन्न

जिल्लामा अपराध न्यूनिकरण तथा सामाजिक सुरक्षालाई मजबुत बनाउन प्रहरीले सक्रियता बढाएको छ। प्रहरीका अनुसार हालसम्म विभिन्न प्रकृतिका ८ वटा सम्बन्धित मुद्दा दायर गरिएको छ।
दायर भएका मुद्दामध्ये बहुविवाह १, जबरजस्ती करणी ४, अपहरण तथा शारीरिक बन्धक १, अपहरण तथा शरीर बन्धक तथा जजक १ र विद्युतीय कसुर तथा साइबर अपराध १ रहेको प्रहरीले जनाएको छ। प्रहरी तथ्यांकअनुसार पीडितभन्दा पीडकको संख्या बढी देखिएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित २९ मुद्दा विश्लेषण गर्दा पीडक ३० जना र पीडित २९ जना रहेका छन्।
यसैबीच प्रहरीले अवैध गतिविधि नियन्त्रणलाई पनि कडाइ गरेको छ। १ सय लिटर अवैध मदिरा नियन्त्रणमा लिएर नष्ट गरिएको छ भने प्राकृतिक सम्पत्ति दोहन रोक्न ३ वटा ट्रयाक्टर नियन्त्रणमा लिई रु. ८,९२० जरिवाना असुल गरिएको छ।
सामुदायिक तथा विद्यालयस्तरमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रहरीले उल्लेखनीय कार्यक्रमहरू सञ्चालन गरेको छ। शीर्षकगत रूपमा आयोजना गरिएका १०५ सचेतनामूलक कार्यक्रममा ६,०३५ जना सहभागी भएका थिए। त्यस्तै, ४३ वटा विद्यालयमा सञ्चालन गरिएको विद्यालय सचेतनामूलक कार्यक्रममा कक्षा ६ देखि स्नातक तहसम्मका ३,००६ जना विद्यार्थी सहभागी भएका छन्।
प्रहरीका अनुसार जनसम्पर्क र सूचनाको पहुँच बढाउन हटलाइन सेवा पनि प्रभावकारी बनेको छ। जिल्ला प्रहरी कार्यालयको हटलाइन नम्बर १०० मा १,८७६ कल प्राप्त भएका छन् भने डिसीमा ५ सय कल आएका थिए।
प्रहरीले आगामी दिनमा पनि अपराध नियन्त्रण, सचेतना विस्तार र समुदाय–प्रहरी सहकार्यलाई अझ सशक्त बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर, २०८३ साल बैशाख २ – कञ्चनपुर प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण कदम चालेको छ। बहुबिवाह मुद्दामा फरार ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति सक्रिय, सुधारका लागि साझा प्रतिबद्धत

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन भएसँगै पहिलो परिचयात्मक ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समितिको पहिलो बैठक सम्पन्न, सेवा सुधारमा जोड

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नवगठित व्यवस्थापन समितिको पहिलो परिचयात्मक तथा अन्...
कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

(more…)
कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

महेन्द्रनगर, कञ्चनपुर — कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ज्ञानेन्द्र सिंह महता प्रतिनि...

होली नखेल्ने गाउँ : ग्वाल्लेक–९, जोशीबुङ्गा (बैतडी)

कञ्चनपुर फागुन १८ बैतडी – सुदूरपश्चिमको दशरथ चन्द नगरपालिका–९ अन्तर्गत पर्ने ग्वाल्लेक–जोशीबुङ्गा गाउँमा सदियौँदेखि रङ्गको पर्व ह...
कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त नगरपालिका वडा नं. ४ मा आयोजित डा. दीपक प्रकाश भट्टको घरदैलो कार्यक्रमले स्थानीय राजनीतिमा ...
चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

महेन्द्रनगर । आशन्न निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गर्नेहरूको लर्को लागेको छ kiकञ्चनपुरमा शुक्रबार...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज