- जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी बैठक सम्पन्न भएको छ। बैठकमा स्थानीय तहका नगर प्रमुख, राजनीतिक दलका प्रतिनिधि, विभिन्न कार्यालय प्रमुख, संघ–संस्थाका प्रतिनिधि तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।
बैठकमा सहभागीहरूले आ–आफ्ना धारणा राख्दै आफ्नो–आफ्नो पालिकामा देखिएका विपद् सम्बन्धी समस्या, जोखिमका अवस्था र न्यूनीकरणका उपायबारे जानकारी गराएका थिए। विशेषगरी बाढी, डुबान, आगलागी, चट्याङलगायत प्राकृतिक विपद्का कारण उत्पन्न चुनौतीहरूबारे छलफल गरिएको थियो।
- यसै क्रममा प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले विपद् व्यवस्थापनमा पूर्वतयारी, समन्वय र साझा प्रयासको आवश्यकता औंल्याउनुभयो। उहाँले सबै सरोकारवाला निकायबीच सहकार्य गर्दै जोखिम न्यूनीकरणका लागि समयमै योजना निर्माण र कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो। साथै, विपद्का बेला जनधनको क्षति न्यून गर्न स्थानीय तह, सुरक्षा निकाय र समुदायबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताउनुभयो।
बैठकले आगामी दिनमा विपद् व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने उद्देश्यले आवश्यक रणनीति तय गर्दै सहकार्यलाई मजबुत बनाउने निष्कर्ष निकालेको छ।
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।