कंचनपुर
वेदकोट नगरपालिकाको आयोजनामा वेदकोट नगर स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ भव्य रूपमा सम्पन्न भएको छ।

प्रतियोगिता वेदकोट नगर प्रमुख भोजराज बोहरा को प्रमुख आतिथ्यता तथा नगर खेलकुद विकास समिति अध्यक्ष प्रजापति भट्ट सभापतित्वमा सम्पन्न भएको हो।



कार्यक्रमको सञ्चालन भुवनेश्वरी माध्यमिक विद्यालय, सिसैयाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रबिन बोगटी गर्नुभएको थियो।
यसै अवसरमा आगामी जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पनि यसै विद्यालयमा आयोजना हुने जानकारी गराइएको छ।
प्रतियोगितालाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरू, विद्यालयहरू, शिक्षक, विद्यार्थी तथा सहयोगी सबैलाई आयोजक समितिको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गरिएको छ।
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।