कञ्चनपुरको लालझाडी गाउँपालिका–६ चाँन्देवकीकी ६ वर्षीया रोजिना साउदको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ। आइतबार बिहान करिब ३ बजेतिर गाउँमा पसेको हात्तीको बथानले साउद परिवारको घरमा आक्रमण गर्दा रोजिना र उनकी ५५ वर्षीया हजुरआमा पार्वती साउद गम्भीर घाइते भएका थिए।

घाइते दुवैलाई नेपाली सेनाको टोलीले उद्धार गरी उपचारका लागि महेन्द्रनगरस्थित सेती प्रादेशिक अस्पताल (सिएण्डसी) पुर्याएको थियो। कञ्चनपुर प्रहरीका प्रवक्ता हेमबहादुर शाहीका अनुसार त्यहाँ उपचार सम्भव नभएपछि बालिका रोजिनालाई धनगढी रेफर गरिएको थियो। तर अस्पताल पुर्याउने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
हाल पार्वती साउदको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। पछिल्ला दिनहरूमा कञ्चनपुर जिल्लामा जंगली हात्तीको आक्रमणका घटनाहरू बढ्दै गए पनि सम्बन्धित निकायले प्रभावकारी नियन्त्रण र रोकथाममा ध्यान नदिएको स्थानीयको गुनासो छ।
यसअघि पनि मानव–वन्यजन्तु द्वन्द्वका यस्ता घटनाहरू पटक–पटक दोहोरिँदै आए तापनि दीर्घकालीन समाधानका लागि ठोस पहल नहुँदा सर्वसाधारणले अकालमै ज्यान गुमाउनुपरेको स्थानीयवासीको भनाइ छ।
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।