×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

English

बेलडाँडी उपाध्यक्ष शान्ती नाथ रिहा, हरिकिसन राना मृत्यु प्रकरणको अनुसन्धान जारी

महेन्द्रनगर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका की उपाध्यक्ष शान्ती नाथलाई प्रहरीले हिरासतबाट रिहा गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अनुसन्धानका क्रममा हिरासतमा राखिरहनु आवश्यक नदेखिएपछि बुधबार उनलाई रिहा गरिएको जनाएको हो ।


जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीका अनुसार घटनासम्बन्धी अनुसन्धान जारी रहे पनि हाल उपलब्ध प्रमाण र बयानका आधारमा नाथलाई निरन्तर हिरासतमा राख्नुपर्ने अवस्था नरहेको निष्कर्ष निकालिएको हो ।
गत वैशाख ३ गते हरिकिसन रानाको हत्या गरिएको आरोपमा उनकी श्रीमती फिर्या रानाले उपाध्यक्ष नाथविरुद्ध ज्यान सम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिएकी थिइन् । त्यसपछि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि नाथ पक्राउ परेकी थिइन् ।


हरिकिसन राना विसं २०८२ वैशाख ९ गते बिहान बेलौरी नगरपालिका–१० शिवनगर स्थित निर्मल शारदा आर्यघाट नजिक मोटरसाइकलसहित जलेको अवस्थामा मृत फेला परेका थिए । घटनापछि प्रहरीले विभिन्न व्यक्तिसँग सोधपुछ तथा अनुसन्धान गरे पनि घटनाको वास्तविक कारण अझै खुल्न सकेको छैन ।
जिल्ला सरकारी वकिल कार्यालय कञ्चनपुरका प्रमुख प्रकाश भण्डारीले अनुसन्धानका क्रममा संकलित कागजात, प्रमाण तथा बयानका आधारमा नाथलाई तत्काल दोषी देखिने अवस्था नरहेको बताए ।
उनले भने, “घटनामाथि लामो समय अनुसन्धान गरिएको थियो । मिसिल संलग्न प्रमाण र बयानबाट तत्काल दोषी पुष्टि हुने आधार नदेखिएकाले हिरासतमा राखिराख्नु आवश्यक ठानिएन ।”
प्रहरीले भने हरिकिसन रानाको मृत्यु प्रकरणमा विभिन्न कोणबाट अनुसन्धान जारी रहेको जनाएको छ । प्रहरी उपरीक्षक खत्रीका अनुसार नाथलाई हिरासत बाहिर राखेर पनि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइनेछ

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बेलडाँडी उपाध्यक्ष शान्ती नाथ रिहा, हरिकिसन राना मृत्यु प्रकरणको अनुसन्धान जारी

बेलडाँडी उपाध्यक्ष शान्ती नाथ रिहा, हरिकिसन राना मृत्यु प्रकरणको अनुसन्धान जारी

महेन्द्रनगर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका की उपाध्यक्ष शान्ती नाथलाई प्रहरीले हिरासतबाट रिहा गरेको छ । जिल्ला प्रहरी कार्यालय क...
८ वर्षदेखि थलिएका तीन सन्तान: कञ्चनपुरको विक परिवारको पीडा, उपचार र बसोबासको माग

८ वर्षदेखि थलिएका तीन सन्तान: कञ्चनपुरको विक परिवारको पीडा, उपचार र बसोबासको माग

कञ्चनपुर, कञ्चनपुरको भीमदत्त नगरपालिका निवासी हर्क बहादुर विकका तीन सन्तान विगत करिब ८ वर्षदेखि हिँडडुल गर्न नसक्ने अवस्थामा रहेक...
बेदकोटमा डिजिटल मार्केटिङ तालिम सम्पन्न

बेदकोटमा डिजिटल मार्केटिङ तालिम सम्पन्न

वैशाख २० गते कञ्चनपुरको बेदकोट नगरपालिका डिजिटल युगतर्फ निर्णायक कदम चाल्दै एक महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सफल भएको छ। चैत्र ...
कञ्चनपुरको बेदकोट नगरपालिकामा तरबुजा चोरीको आशंकामा एक नौ वर्षीय बालकमाथि निर्घात कुटपिट गरिएको घटना सार्वजनिक भएको छ

कञ्चनपुरको बेदकोट नगरपालिकामा तरबुजा चोरीको आशंकामा एक नौ वर्षीय बालकमाथि निर्घात कुटपिट गरिएको घटना सार्वजनिक भएको छ

। बेदकोट–५ धरमपुरमा मामा घरमा बस्दै आएका तपेन्द्र भण्डारीमाथि स्थानीय ३८ वर्षीय भोज नाथले हातखुट्टा बाँधेर कुटपिट गरेका हुन्। स्थ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति सक्रिय, सुधारका लागि साझा प्रतिबद्धत

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन भएसँगै पहिलो परिचयात्मक ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समितिको पहिलो बैठक सम्पन्न, सेवा सुधारमा जोड

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नवगठित व्यवस्थापन समितिको पहिलो परिचयात्मक तथा अन्...
कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

(more…)
दोधारा–चाँदनी चारलेन पुल निर्माण पुनः तीव्र पार्न पहल

दोधारा–चाँदनी चारलेन पुल निर्माण पुनः तीव्र पार्न पहल

कञ्चनपुर, — दोधारा–चाँदनी क्षेत्रमा निर्माणाधीन चारलेन पक्की पुलको प्रगति तथा केही समयदेखि रोकिएको निर्माण कार्य पुनः सञ्चालन ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज