कञ्चनपुर वैशाख ३१ गते
कञ्चनपुरको महेन्द्रनगर स्थित मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टर प्रा.लि. मा अब वरिष्ठ ENT (नाक, कान तथा घाँटी) विशेषज्ञ डा. सुसन शाक्यद्वारा दैनिक विशेषज्ञ सेवा सुरु गरिएको छ। अस्पतालले अनुभवी चिकित्सकमार्फत आधुनिक, सुरक्षित तथा गुणस्तरीय उपचार सेवा प्रदान गर्ने जनाएको छ।
एमबीबीएस (KU) तथा एमएस ENT & Head & Neck Surgery (KU) अध्ययन पूरा गरेका डा. सुसन शाक्य यसअघि Lumbini Medical College मा कार्यरत रहिसक्नुभएको अनुभवी ENT विशेषज्ञ हुनुहुन्छ। उहाँले कान, नाक तथा घाँटी सम्बन्धी विभिन्न रोगहरूको विशेषज्ञ उपचार सेवा प्रदान गर्नुहुनेछ।
अस्पतालका अनुसार डा. शाक्यद्वारा कान दुख्ने, कानबाट पानी आउने, सुन्नाइ कम हुने, नाक बन्द हुने, एलर्जी, साइनुसाइटिस, घाँटी दुख्ने, टन्सिलसम्बन्धी समस्या, आवाजसम्बन्धी समस्या लगायत Head & Neck Surgery सम्बन्धी उपचार सेवा उपलब्ध गराइनेछ।
त्यसैगरी अस्पतालमा आधुनिक प्रविधिमा आधारित
• Microscopic Surgery
• NPL (Naso-Pharyngo-Laryngoscopy)
• PTA (Pure Tone Audiometry)
लगायतका विशेषज्ञ सेवाहरू पनि सञ्चालनमा रहेका छन्।
बिरामीहरूले बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म विशेषज्ञ परामर्श सेवा लिन सक्ने अस्पतालले जनाएको छ। साथै अस्पतालमा २४सै घण्टा आधुनिक ICU तथा आकस्मिक सेवा पनि सञ्चालनमा रहेको छ।
स्वास्थ्य क्षेत्रमा विश्वसनीय सेवा प्रदान गर्दै आएको मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टर प्रा.लि. ले विशेषज्ञ सेवा विस्तारसँगै सुदूरपश्चिमका बिरामीहरूलाई सहज, प्रभावकारी तथा गुणस्तरीय उपचार उपलब्ध गराउने विश्वास व्यक्त गरेको छ।
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।