कञ्चनपुर जेठ ५ गते
कञ्चनपुरमा धानको बेर्ना छर्ने मुख्य सिजन सुरु भएसँगै किसानहरू रासायनिक मलको चरम अभाव झेल्न बाध्य भएका छन्। सरकारी गोदाममा हजारौँ मेट्रिक टन मल मौज्दात हुँदाहुँदै पनि वितरण प्रक्रिया सुस्त हुँदा किसान खाली हात फर्किनुपरेको भन्दै व्यापक गुनासो बढेको हो।



स्थानीय किसान भीम चन्दले भने, “सरकारी मल पाइँदैन, निजी पसलमा महँगो छ। खेती जोगाउन बाध्य भएर महँगोमा किन्नुपरेको छ।”
यता कृषि सामग्री कम्पनी कञ्चनपुर शाखाका प्रमुख हेमराज जोशीले भने कञ्चनपुरका ९ वटा स्थानीय तह मध्ये लालझाडी गाउँपालिका पुनर्वास नगरपालिका बेलौरी नगरपालिकाले कैलाली क्षेत्रीय कार्यालय बाट मलखाद उठाउने गरेको बताए बाँकी रहेका छवटा स्थानीय तहले जिल्लाबाटै मलखाद लिने गरेको छन्। उहाँले भन्नुभयो जिल्लाका करिब १५० सहकारीलाई खेतीयोग्य जमिनका आधारमा मलको कोटा छुट्याइएको जानकारी दिए। उनका अनुसार कतिपय सहकारीले समयमै मल नउठाउने, पर्याप्त गोदाम नहुने तथा कोटा अर्को सहकारीलाई हस्तान्तरण गर्न स्वीकृति आवश्यक पर्ने कारणले मौज्दात मल वितरण हुन नसकेको हो।

सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।