महेन्द्रनगर–कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा जंगली हात्तीबाट अन्नवाली जोगाउन सर्चलाईट बितरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ संसारीटोलमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बस्ती भित्रिदै आएको जंगली हात्तीको बथानले मानविय क्षतीहुनबाट र स्थानीयको अन्नवालि जोगाउन नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएनएसडब्लुए) कञ्चनपुरको सहयोग र दोधारा चाँदनी नगरपालिकाको सहकार्यमा २० घरपरिवारलाई सर्चलाईट बितरण गरिएको नगरप्रमुख किशोर कुमार लिम्बुको सचिवालयले जनाएको छ । कार्यक्रममा वडा नं. ७ का वडा सदस्य संदिप उपाध्याय, एनएनएनएसडब्लुएका प्रतिनिधि निर्मला सुनारको उपस्थितीमा सर्चलाईट वितरण गरिएको छ् ।

जंगली हात्ती प्रभावित उक्त वडामा स्थानीयलाई रातीको समयमा हिडडुल गर्न र हात्तीबाट बच्न सहजताको लागि सर्चलाईट बितरण गरिएको नगरप्रमुख किशोर कुमार लिम्बुले बताए ।
पालिकाले वितरण गरेको सर्च लाईटले रातीको समयमा अन्नवाली जोगाउन र हात्ती आएको समयमा सुरक्षित स्थान तर्फ भाग्न सजिलो हुने भन्द्र स्थानीयवासी खुसि भएका छन् ।
दोधारा चाँदनी नगरपालिकाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्र र भारतिय जंगल संग जोडिएको दोधारा चाँदनीका बस्तीहरुमा यतिबेला वन्यजन्तुको आतंक बढ्दो छ् । वन्यजन्तुबाट खेतवालीमा जोगाउन स्थानियबासीहरु रातभरी आगोको धुनी बाल्ने, पटका पड्काउने, र थाली बजाउने कार्य गर्दै आएका छन् । केहि दिन अगाडि पनि २९ थान सर्चलाईट वितरण गरेको थियो ।
