महेन्द्रनगर–बेदकोट नगरपालिकाको नगर प्रमुख भोजराज बोहराको सचिवालयमा कार्यरत करार कर्मचारी प्रकाश कलौनी विदा नलिई एक हप्तालामो थाईल्याण्ड भ्रमणमा गएका छन् । नगर प्रमुख बोहराको सचिवालनमा कम्प्युटर सहायक अपरेटर पदमा कार्यरत कर्मचारी प्रकास कलौनी बेदकोट नगरपालिकाको स्विकृतिविना एक हप्ता लामो विदामा बसेका हुन् । एक हप्ता लोमो समय बिदा नलिईकनै कलौनी थाईल्याण्डको भ्रमणमा गएको कुरा उनले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेपछि खुलेको छ । नगरपालिकाले साउन ९ गतेदेखि कार्यालयमा हाजिर नभएको र लिखितरुपमा विदा पनि नलिएको जनाएको छ । नगरपालिकाका सूचना अधिकारी केशव दत्त भट्टले नगर प्रमुखको सचिवालयमा कार्यरत कर्मचारी कलौनीद्धारा विदाका लागि कुनै पनि भौतिक निवेदन पेश नगरीएको बताए । त्यसैगरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरीदत्त भट्टले पनि कलौनीले कुनै पनि किसिमको विदा नलिएको नलिएको बताए ।
निजामति कर्मचारी कार्यविधि अनुसार आकस्मिक विदा बाहेक अन्य साधारण विदाका लागि कर्मचारलिे विदा स्विकृत गरीमात्रै विदा बस्नुपर्ने प्रावधान रहेको प्रशासन शाखा प्रमुख नर बहादुर कार्किले बताए । कलौनीको विदाको निवेदन नआएको प्रशासन शाखा प्रमुख कार्कीले जानकारी दिए । ‘कार्यालय प्रमुखले विदा स्वीकृत गरेपछि अभिलेखका लागि प्रशासन शाखामा आउने हो,’ प्रशासन शाखा प्रमुख कार्कीले भने, ‘उहाँको निवेदन शाखामा आएको छैन ।’

उक्त नियमको कर्मचारीले उल्लघन गरेको ठहरेमा कार्यालय प्रमुखले विदा नलिई कार्यालय नआउने कर्मचारीको हाजिरमा रातो लगाई(गयलगरी) तलव काट्नका लागि लेखा शाखामा सिफारिस गर्न सक्ने प्रावधान रहेको छ ।
नगरपालिकाका कर्मचारी कलौनीले आफु एक हप्ताको भ्रमणमा थाईल्याण्ड गएको कुरा सामाजिक सञ्जाल फेसबुक वालमा पोष्ट गरेका थिए । भने उनले आईतबार मात्रै आफु थाईल्याण्डबाट फर्किसकेको भन्दै काठमाण्डौ त्रिभुवन अन्तराष्ट्रिय विमास्थलका फोटो सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । तर आईतबार उनी कार्यालय भने उपस्थीत भएका छैनन् । हाल नेपाली कांग्रेसका तर्फबाट निर्वाचित नगर प्रमुख भोजराज बोहराको सचिवालयमा कार्यरत कलौनी नेकपा एमालेका तर्फबाट निर्वाचित निवर्तमान नगर प्रमुख अशोक कुमार चन्दको सचिवालमा कृषि सहायक पदमा कार्य गरेका थिए । पछि चन्दको कार्यकालको अन्तिमतिर आएर नगर कार्यपालिकाको बैठकको निर्णणबाट करार कर्मचारीमा नियुक्त भएका थिए । कलौनी नगर प्रमुखका नाताले ज्वाई पर्छन ।
