कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

प्रकाशित:


कञ्चनपुर — मन्त्र हस्पिटलले आपतकालीन स्वास्थ्य सेवामा दक्षता अभिवृद्धि गर्ने उद्देश्यले


उक्त तालिम कार्यक्रम मन्त्र हस्पिटलका मेडिकल डाइरेक्टर

डा. गोविन्द रोकायाको नेतृत्वमा सञ्चालन गरिएको थियो।

कार्यक्रममा सहभागी ३० जना ट्राफिक प्रहरीले जीवनरक्षक सीप तथा आपतकालीन अवस्थामा आवश्यक पर्ने विभिन्न महत्वपूर्ण विषयहरूमा व्यावहारिक ज्ञान हासिल गरेका छन्।


तालिमका क्रममा सहभागीहरूलाई CPR (Cardiopulmonary Resuscitation) गर्ने विधि, सडक दुर्घटनामा घाइते बिरामीको प्रारम्भिक व्यवस्थापन, स्ट्रेचर प्रयोग गरी सुरक्षित रूपमा बिरामी सार्ने तरिका, घाँटीमा अड्किने अवस्था व्यवस्थापन, सर्पदंश को प्राथमिक उपचार तथा अत्यधिक कसेको टुर्निकेट प्रयोग गर्दा हुन सक्ने जटिलताहरूका बारेमा प्रशिक्षण प्रदान गरिएको थियो।


जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक वलेन्द्र नाथ सरले आफ्ना कर्मचारीहरूलाई आपतकालीन अवस्थामा प्रभावकारी रूपमा सेवा दिन सक्षम बनाउने उद्देश्यले यस्तो तालिमका लागि अनुरोध गर्नुभएको थियो। सोही अनुरोधलाई मध्यनजर गर्दै मन्त्र हस्पिटलले कार्यक्रम आयोजना गरेको जनाएको छ।


मन्त्र हस्पिटलले समुदायमा आपतकालीन स्वास्थ्य सेवाको पहुँच विस्तार तथा जनचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

 

ताजा समाचार

सम्बन्धित समाचार