, कञ्चनपुर, अषाढ २१ गते
कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–४, बजारस्थित गल्ली नम्बर १ मा रहेको शिवानी स्विट हाउसमा बिक्रीका लागि राखिएको खाद्य सामग्रीमा किरा फेला परेपछि पसल सिल गरिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले प्राप्त उजुरीका आधारमा अनुगमन गर्दा खाद्य सामग्रीमा किरा भेटिएको जनाएको छ। अनुगमनपछि विभागले तत्काल उक्त पसल सिल गर्दै थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ।
अनुगमन कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदनराज कोइराला, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नेत्रमणि गिरी लगायत सम्बन्धित निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य व्यवसायलाई प्रचलित मापदण्डअनुसार सञ्चालन गर्न सबै व्यवसायीलाई आग्रह गर्दै अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

