Advertisement

महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)को १२ बुदे ज्ञापन पत्र, ७ दिनभित्र माग सम्बोधन गर्न अल्टिमेटम

Advertisement
महेन्द्रनगर – महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)ले १२ बुदे विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ । महाकाली प्रादेशिक अस्पतालमाका लामो समयदेखि अक्सिजन प्लान्ट सञ्चालन नभएको, अस्पतालको मेडिकलमा स्वास्थ्यविमाले दिने भनिएका औषधि नराख्नेलगायतका १२ बुदे समस्या समाधान गर्न माग राख्दै अस्पताल प्रशासनलाई नेकपा(बहुमत)ले ज्ञापन पत्र पत्र बुझाएको हो । नेकपा बहुमतका नेता डम्मर विष्टद्वारा हस्ताक्षरित १२ बुदे ध्यानाकर्षण पत्र विहिबार अस्पताल प्रशासनलाई बुझाएको नेकपा बहुमतका नेता दिपेन्द्र ऐरीले बताए । स्वास्थ्य जस्तो संम्वेदनशिल संस्थामा स्वास्थ्यका करार कर्मचारीमाथिको शोषण र अन्य बेथिति पार्टीलाई सह्य नहुने बताउदै तत्काल ध्यानाकर्षण पत्रमा रहेका माग पूरा नगरेमा कडा रूपमा उत्रन बाध्य हुने उनले बताए ।
नेकपा बहुमत पार्टीले अस्पताल प्रशासनसँग मौखिक छलफलसँगै लिखित ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाउँदै ७ दिनभित्र माग सम्बोधन गर्न अल्टिमेटम दिएको छ । ७ दिनभित्रमा माग सम्बोधन नभए कडा ढंगले उत्रिन बाध्य हुने नेकपा बहुमतका नेता विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । अस्पतालमा कार्यरत झण्डै एक सय बढि करार सेवामा कार्यरत नर्स र अन्य स्वास्थ्यकर्मीहरूले बुधबार महाकाली अस्पताल प्रशासन अगाडी नारा लगाउदै आफुहरू माथि भएको अन्याय र अस्पताल भित्रको बेथितिका विरूद्व नारानै लगाएका थिए ।
नेकपा बहुमतले अस्पताल प्रशासनलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएका प्रमुख मागहरू :
लामो समयदेखि अक्सिजन प्लान्ट सञ्चालनमा नआएको र तत्काल पुनःसञ्चालन गर्नुपर्ने, अस्पतालको मेडिकलमा आवश्यक औषधि अभावले सर्वसाधारणले सास्ती भोग्नुपरेको, करार कर्मचारीहरूबीच सेवासुविधामा भेदभाव गरिएको, आफु निकटका केहिलाई सेवा सुविधा दिएको, निड्स नेपालसँगको सम्झौता सकिएपछि पनि कानूनी प्रक्रिया मिचेर कर्मचारी राखिएको, स्वास्थ्य बीमा अन्तर्गतका सेवा (ईको, ईन्डोस्कोपी, युएसजी आदि) महँगो मूल्यमा लिइएको, नयाँ सञ्चालनमा आएको सीटी स्क्यान सेवामा प्राविधिक समस्या र बीमा अन्तर्गत सुविधा नपाइएको, अस्पतालभित्र राजनीतिक प्रभावमा पद दुरुपयोग र हस्तक्षेप, प्रशासनका कर्मचारीहरूले ओभरटाइम र भत्ता दुरुपयोग गरेको, कन्सल्टेन्ट डाक्टरहरू इमर्जेन्सीमा अनुपस्थित हुने, चिकित्सकहरू कार्यालय समयमा ढिलाइ गर्ने र चाँडो निस्कने, केही कर्मचारीले ई–हाजिर प्रणालीको दुरुपयोग गरेको, र केही पूर्व जनप्रतिनिधिलाई कानूनी प्रक्रिया विपरीत नियुक्ति दिएको जस्ता विषयहरू समावेश छन् ।
Oplus_131072
Advertisement

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)को १२ बुदे ज्ञापन पत्र, ७ दिनभित्र माग सम्बोधन गर्न अल्टिमेटम

महेन्द्रनगर – महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)ले १२ बुदे विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ । महाकाली प्राद...

राजनीतिक निकासा बिना कुनै पनि आन्दोलन स्थगित नहुने, सुमना श्रेष्ठ

महेन्द्रनगर पूर्व रास्वपा नेतृ सुमना श्रेष्ठले राजनीतिक निकास बिना कुनै पनि आन्दोलन संस्थागत हुन नसक्ने बताएकी छन्। उनले पुराना दल...

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने निकेश साउद, कार्तिक २१ कञ्चनपुरको भीमदत्त नगरपालिकाल...
मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

महेन्द्रनगर – मन्त्र अस्पतालले भोलिदेखि (मिति: २०८२/०७/१८) देखि स्त्रीरोग तथा प्रसूति तथा बालरोग विभागमा नयाँ सेवा सुरु गर्न लागेक...
बिरामी पत्रकार विवशलाई भीमदत्तकी उपप्रमुख लेखकद्वारा उपचार खर्च

बिरामी पत्रकार विवशलाई भीमदत्तकी उपप्रमुख लेखकद्वारा उपचार खर्च

कञ्चनपुर कञ्चनपुरको भीमदत्त नगरकी उपप्रमुख निमल लेखकले बिरामी पत्रकार रवि विवशलाई उपचार खर्च सहयोग गरेकी छिन । केहीदिनदेखि महाकाली...
शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

कञ्चनपुर – शुक्रबारदेखि कञ्चनपुर महेन्द्रनगरमा नेपाल जेसीज क्षेत्र(घ) सम्मेलन हुन लागेको छ । नेपाल जेसीजको आयोजना एव महेन्द्रनगर ज...
होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

कञ्चनपुरका युवा पत्रकार रनी विवशलाई उपचार खर्च सहयोग गरिएको छ । जिल्लाका क्रियाशिल पत्रकारले गत बर्ष ०८१ चैत्रमा होली खेलेको ...
तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

कञ्चनपुरको उत्तरी भेग तिलाचौर गाँउको एक मन्दिरमा धार्मिक महामहोत्सव संचालन हुने भएको छ । भीमदत्त नगरपालिका ८ तिलाचौरको सिद्धनाथ म...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज