एमालेले दल त्याग गरेकालाई पार्टीबाट निष्कासन गर्ने
काठमाडौँ । नेकपा (एमाले)ले पार्टी परित्याग गर्नेलाई निष्कासन गर्ने निर्णय गरेको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा आज भएको केन्द्रीय कमिटी बैठकले पार्टी परित्याग गरी नयाँ दलमा गएका पार्टीका नेताको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उहाँले पार्टी परित्याग गरेकालाई निष्कासन गरेको जानकारी निर्वाचन आयोगलाई समेत दिने बताउनुभयो । बैठकले यही भदौ ८ गते स्थायी कमिटी बैठकले गरेका निर्णयको अनुमोदनसमेत गरेको छ । पार्टी परित्याग गरेका कसैले भुल महसुस गरे सच्याएर आए पार्टी एकतामा फर्कन चाहनेलाई ढोका खुला राखिने उहाँको भनाइ छ । “उहाँहरु फर्कनु भयो भने हामी स्वागत गर्दछाँै”, उहाँले भन्नुभयो, “आफूलाई सुधार गरेर आउँछन् भने ती साथीलाई पार्टीमा जिम्मेवारीसमेत दिन्छौँ ।”बैठकले १० बुँदे प्रस्ताव शीघ्र र प्रभावकारीरूपमा पार्टी एकताको मर्मलाई प्रतिव...





















