दैजीमा दुर्घटना १३ जना घाइते
कञ्चनपुर, जेठ २५ गते
कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजीस्थित महेन्द्र राजमार्गमा आइतबार दिउँसो विद्युतीय (ईभी) हायस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।
धनगढीबाट महेन्द्रनगरतर्फ आउँदै गरेको सु.प.प्र. ०२–००१ ज ४९६ नम्बरको हायस अनियन्त्रित भई सडक किनारको नालामा पल्टिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। दुर्घटना आइतबार दिउँसो करिब साढे ३ बजेतिर भएको हो।
दुर्घटनामा कञ्चनपुर, कैलाली, दार्चुला र डडेल्धुराका गरी १३ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था मध्यम रहेको छ भने नौ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
मध्यम घाइते हुनेहरूमा कृष्णपुर नगरपालिका–९ पिपरियाका ४३ वर्षीय पुष्कर राज गिरी, बेदकोट नगरपालिका–१० नयाँगाउँका २० वर्षीय जीवन सिंह कडाल, टिकापुर नगरपालिका–९ खैरीफाटाकी ४५ वर्षीया राधा देवी शाह तथा धनगढी उपमहानगरपालिका–५ हसनपुरकी २५ वर्षीया सम्झना स...












