राजनीतिक निकासा बिना कुनै पनि आन्दोलन स्थगित नहुने, सुमना श्रेष्ठ
महेन्द्रनगर पूर्व रास्वपा नेतृ सुमना श्रेष्ठले राजनीतिक निकास बिना कुनै पनि आन्दोलन संस्थागत हुन नसक्ने बताएकी छन्। उनले पुराना दलबाट सुधार वा निकासको आशा गर्नु मूर्खता भएको टिप्पणी गर्दै, पटक-पटक देशलाई निराशा दिने नेतृत्व फेरि चुनावी समीकरण मिलाउन जुटिरहेको आरोप लगाइन्।
श्रेष्ठका अनुसार परिवर्तनका शक्तिहरू नेतृत्वको विवादमा अल्झिएका छन्, जसले एकता कठिन बनाएको छ। उनले एकल नेतृत्वको सट्टा “सामूहिक नेतृत्व” अर्थात् Council of Leaders को अवधारणा अघि सार्दै, विचार र जनमुद्दामा केन्द्रित नयाँ राजनीतिक वैकल्पिक शक्तिको आवश्यकता रहेको बताइन्।
उनका अनुसार अहिले देशलाई मध्यमार्गी नीति, बजार नियमन र समृद्धि ल्याउने वैकल्पिक सरकारको खाँचो छ।...





















