भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने
भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने
निकेश साउद, कार्तिक २१
कञ्चनपुरको भीमदत्त नगरपालिकाले पत्रकार सुरेश सिह धामीको उपचारका लागि ५०हजार रुपैया दिने भएको छ । नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष धामीको उपचारका लागि भीमदत्त नगरपालिकाले उपचार खर्च दिने भएको हो ।
भीमदत्त नगरका मेयर पदम बोगटीका सचिवालय प्रमुख चक्र महताले महासघका अध्यक्ष धामीको उपचारका लागि पालिका तर्फबाट उपचार खर्च उपलब्ध गराउने निर्णय भएको बताए । पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष केही समयदेखि काठमाण्डौँ स्थित काठमाण्डौँ मेडिकल कलेज सिनामंगलमा उपचारार्थ छन ।
धामीको पाचन प्रणालीसग सम्बन्धी ग्रन्थी(प्याङक्रियाज)मा ट्युमर फेला परेपछि पहिलो चरणको सल्यकृया भएको र दोस्रो चरणका लागि अर्को अस्पताल एव थप खर्च लाग्ने भएपछि उपचार खर्च अभाव भएपछि पालिकाले सहयोग गर्ने निर्णय गरेको छ ।
एमाल...




















