×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

सुदूरपश्चिम

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
कञ्चनपुर, २०८३ साल बैशाख २ – कञ्चनपुर प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण कदम चालेको छ। बहुबिवाह मुद्दामा फरार रहेका ५८ वर्षीय शोभान सिंह खड्कालाई पक्राउ गरिएको छ। उनलाई घरबाटै पक्राउ गरेर अदालतमा पठाइएको छ। साथै, प्रहरीले भन्सार छलि ल्याइएका विभिन्न सामान पनि बरामद गरेको छ। यसमा नम्बर प्लेट नभएका मोटरसाइकल, जुत्ता, बालबालिकाका सेण्डिल, सुर्ती, मिठाई, चिनी र कपडासम्मको सामग्री समावेश छन्, जसको कुल मूल्य ६ लाख ५ हजार ७ सय ३६ रुपैयाँ छ। प्रहरीका अनुसार बरामद सामानलाई गड्डाचौकी भन्सार कार्यालयमा बुझाइएको छ। कञ्चनपुर प्रहरीले यो कदमलाई अपराध नियन्त्रण र राजस्व संरक्षणमा सकारात्मक कदमका रूपमा हेरिएको छ।...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति सक्रिय, सुधारका लागि साझा प्रतिबद्धत

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन भएसँगै पहिलो परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ। नवगठित समितिका अध्यक्ष महेश पन्तको अध्यक्षतामा आयोजित कार्यक्रममा अस्पतालको सेवा, व्यवस्थापन तथा सुधारका विषयमा खुला छलफल गरिएको थियो। सहभागीहरूले अस्पतालको वर्तमान अवस्था, चुनौती र सुधारका सम्भावनाबारे आ–आफ्ना धारणा राखेका थिए। कार्यक्रममा वरिष्ठ चिकित्सक डा. जगदीश जोशीले अस्पतालले विगतदेखि नै २४सै घण्टा सेवा दिँदै आएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी र गुणस्तरीय सेवा प्रवाहमा जोड दिनुपर्ने बताए। उनले सेवा सुधारका लागि सबै पक्षबीच सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरे। अध्यक्ष महेश पन्तले अस्पताललाई जनताको विश्वासको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित काम गर्ने प्रतिबद्धता व्यक्त गरे। “सेवाग्रा...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समितिको पहिलो बैठक सम्पन्न, सेवा सुधारमा जोड

Breaking News 1, samachar, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नवगठित व्यवस्थापन समितिको पहिलो परिचयात्मक तथा अन्तरक्रियात्मक बैठक सम्पन्न भएको छ।समितिका अध्यक्ष महेश पन्तको अध्यक्षतामा आयोजित कार्यक्रममा चिकित्सक, कर्मचारी, पत्रकार तथा विभिन्न क्षेत्रका बौद्धिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। अध्यक्ष महेश पन्तले अस्पतालको समग्र सुधारलाई प्राथमिकतामा राख्दै सेवा प्रवाहको गुणस्तर अभिवृद्धि र जनगुनासो न्यूनीकरणका लागि प्रतिबद्धता व्यक्त गरे। उनले अस्पताललाई “जनताको विश्वासको केन्द्र”का रूपमा विकास गर्ने लक्ष्य लिएको बताउँदै सेवाग्राहीले सहज, छिटो र गुणस्तरीय सेवा पाउने वातावरण निर्माण गरिने धारणा राखे। उनका अनुसार सरसफाइ व्यवस्थापन सुदृढीकरण, स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, कर्मचारीको मनोबल वृद्धि तथा आधुनिक प्रविधिको प्रयोगमा...
कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
(more…)
दोधारा–चाँदनी चारलेन पुल निर्माण पुनः तीव्र पार्न पहल

दोधारा–चाँदनी चारलेन पुल निर्माण पुनः तीव्र पार्न पहल

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर, — दोधारा–चाँदनी क्षेत्रमा निर्माणाधीन चारलेन पक्की पुलको प्रगति तथा केही समयदेखि रोकिएको निर्माण कार्य पुनः सञ्चालन गर्ने विषयमा प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र सिंह महताको पहलमा महत्वपूर्ण छलफल सम्पन्न भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयमा आयोजित उक्त छलफलमा महाकाली पुल आयोजनाका निर्देशक थानेश्वर खत्री र निमित्त आयोजना प्रमुख नेत्र देवकोटा सहभागी थिए। बैठकमा पुल निर्माणको हालसम्मको अवस्था, देखिएका प्राविधिक तथा प्रशासनिक अवरोधहरू, तथा ती समस्याहरू समाधान गरी कामलाई यथाशीघ्र अघि बढाउने उपायबारे विस्तृत विचार–विमर्श गरिएको थियो। छलफलका क्रममा निर्माण कार्यलाई तीव्रता दिने, सम्बन्धित निकायबीच आवश्यक समन्वय बढाउने तथा तोकिएको समयमै परियोजना सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिएको जनाइएको छ।यसैबीच, पुल निर्माण क्षेत्र नजिकै महाकाली नदीले भुजेला खोलाको बहाव अवरुद्ध...
पञ्चदेवल शिव मन्दिरमा नयाँ कार्यसमिति गठन

पञ्चदेवल शिव मन्दिरमा नयाँ कार्यसमिति गठन

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर चैत्र १२ बैतडी, दशरथचन्द–४ देवलहाट: दशरथचन्द नगरपालिका अन्तर्गत रहेको पञ्चदेवल शिव मन्दिर व्यवस्थापन तथा पूजा समितिको नयाँ कार्यसमिति हालै गठन गरिएको छ। स्थानीय भेलाबाट समितिको नेतृत्व चयन गर्दै मन्दिरको व्यवस्थापन र धार्मिक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको छ। नवगठित कार्यसमितिको अध्यक्षमा पं. कमलदेव भट्ट चयन भएका छन्। उपाध्यक्षको रूपमा केशव सिंह मार्कण्ड, सचिवमा सहदेव भट्ट र कोषाध्यक्षमा सुदर्शनदेव भट्ट चयन भएका छन्। यसै गरी अन्य सदस्यहरूमा गणेश दत्त भट्ट, दिलाराम भट्ट, लिलाधर भट्ट, दीपक प्रसाद भट्ट, महादेव भट्ट, ईश्वरी दत्त भट्ट, राम प्रसाद भट्ट, धन सिंह मार्कण्ड र कृष्णदेव भट्ट रहेका छन्। त्यसैगरी, मन्दिरको दीर्घकालीन योजना र सल्लाहका लागि सल्लाहकार कार्यसमिति पनि गठन गरिएको छ। हरि दत्त भट्टको संयोजकत्वमा गठन गरिएको समितिमा करण बहादुर चन्द, यदुनाथ भट्ट, ...
गरिब तथा जेहनदार विद्यार्थीलाई हाइजेनिक किटसहित शैक्षिक सामग्री वितरण

गरिब तथा जेहनदार विद्यार्थीलाई हाइजेनिक किटसहित शैक्षिक सामग्री वितरण

Breaking News 1, samachar, ट्रेन्डिङ, शिक्षा, समाचार, सुदूरपश्चिम
कञ्चनपुर —चैत्र १ पुनर्वास नगरपालिका र पेशवान संस्थाको संयुक्त सहयोगमा दुर्गा माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहनदार ३१५ जना विद्यार्थीलाई हाइजेनिक किटसहित विभिन्न शैक्षिक सामग्री वितरण गरेको छ।  नगर प्रमुख तोय प्रसाद शर्माको प्रमुख आतिथ्यमा आयोजित औपचारिक कार्यक्रममार्फत विद्यार्थीहरूलाई हाइजेनिक किट, टिफिन बक्स, पानीको बोतल तथा झोला हस्तान्तरण गरिएको हो। कार्यक्रममा प्रत्येक विद्यार्थीलाई करिब रु. १,९५० बराबरको सामग्री प्रदान गरिएको जानकारी दिएको छ। सहयोग सामग्रीले विद्यार्थीहरूको स्वास्थ्य, सरसफाइ तथा अध्ययनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको आयोजकले बताए कार्यक्रममा बोल्दै नगर प्रमुख शर्माले विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणका लागि यस्ता सहयोग कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै सहयोगी संस्थाप्रति आभार व्यक्त गर्नुभयो। यस्ता कार्यक्रम ...
अष्ट्रेलियामा धनगढीका १९ वर्षीय विद्यार्थीमाथि भीषण दुर्घटना, जीवन–मरणको संघर्षमा

अष्ट्रेलियामा धनगढीका १९ वर्षीय विद्यार्थीमाथि भीषण दुर्घटना, जीवन–मरणको संघर्षमा

Breaking News 1, samachar, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर, फागुन ३० — अध्ययन र रोजगारीको खोजीमा अष्ट्रेलिया पुगेका धनगढीका १९ वर्षीय निशान देव सिड्नीमा भएको भीषण दुर्घटनामा परेका छन्। गम्भीर घाइते भएका उनी अहिले जीवन र मरणको दोसाँधमा संघर्ष गरिरहेका छन्। चार महिना अघि अध्ययनका लागि धनगढीबाट अष्ट्रेलियाको सिड्नी पुगेका निशान फेब्रुअरी १३ मा म्यास्कटस्थित एक क्याटरिङ कम्पनीमा किचन ह्यान्डको रूपमा काम गरिरहेका बेला दुर्घटनामा परेका हुन्। सामान ओसार्ने लिफ्ट बिग्रिएपछि इमर्जेन्सी बटन थिचेर सामान निकाल्ने प्रयास गर्दा करिब २५०० केजीभन्दा बढी तौलको लिफ्ट उनीमाथि खसेको थियो। दुर्घटनाको क्षण सम्झिँदै निशानले भने, “करिब २५०० केजी तौलको लिफ्ट मेरो शरीरमाथि खस्यो। मेरो आधा शरीर लिफ्टभित्र र आधा बाहिर भयो। म बीचमै नराम्ररी थिचिएँ। लिफ्ट तलतल पेल्दा मेरा एङ्कलहरू पाँच–छ पटक घुमे र टुक्रा–टुक्रा भए।” चिकित्सकका अनुसार दुर्घटनामा उनका १४ वटा ...
कञ्चनपुरमा सवारी चालकको लागूऔषध परीक्षण, १८ मध्ये ३ जनामा पोजिटिभ

कञ्चनपुरमा सवारी चालकको लागूऔषध परीक्षण, १८ मध्ये ३ जनामा पोजिटिभ

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
कञ्चनपुर, फागुन २८ — कञ्चनपुरमा सवारी चालकहरूमाथि गरिएको लागूऔषध परीक्षणका क्रममा १८ जनामध्ये ३ जनामा लागूऔषध सेवन गरेको पुष्टि भएको छ। नियमित ट्राफिक चेकजाँचका क्रममा शंकास्पद अवस्थामा सवारी साधन चलाइरहेका तथा असामान्य गतिविधि देखिएका चालकहरूलाई नियन्त्रणमा लिएर परीक्षण गर्दा तीन जनाको रिपोर्ट पोजिटिभ आएको ट्राफिक प्रमुख बलेन्द्र नाथले जानकारी दिनुभयो। परीक्षणमा पोजिटिभ देखिएका व्यक्तिहरूलाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पठाइएको उहाँले बताउनुभयो। लागूऔषध सेवन गरी सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम अत्यधिक बढ्ने भएकाले ट्राफिक प्रहरीले पछिल्लो समय निगरानी तथा चेकजाँचलाई कडा बनाएको जनाएको छ। सडक सुरक्षालाई प्राथमिकतामा राख्दै चालकहरूलाई सचेत गराउने र दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले यस्ता परीक्षण अभियान सञ्चालन गरिएक...
कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर, कञ्चनपुर — कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ज्ञानेन्द्र सिंह महता प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। शनिबार सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार महता १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै भारी मतान्तरसहित विजयी भएका हुन्।मुख्य निर्वाचन अधिकृत राजेन्द्र सिंह भण्डारीका अनुसार महताले कुल २७ हजार ११८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हरि प्रसाद बोहराले ९ हजार ४४३ मत प्राप्त गरेका छन्। महताले बोहराभन्दा झण्डै तेब्बर बढी मत ल्याएर विजय हासिल गरेका हुन्। अन्य उम्मेदवारमध्ये एमालेका डा. दीपक प्रकाश भट्टले ७ हजार ५७५ मत, नेकपाका मानबहादुर सुनारले ४ हजार २८४ मत, राप्रपाका पूर्णबहादुर चन्दले ३ हजार ९०२ मत प्राप्त गरेका छन्। यसैगरी नेमकिपाका मिनु गिरीले ४२, जनमोर्चाका लालबहादुर कुँवरले ८७, नेकपा संयुक्त...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज