×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

शिक्षा

सार्क स्कुलमा ल्याब र STEAM आधारित शिक्षण सुरु, व्यवहारिक सिकाइमा जोड

सार्क स्कुलमा ल्याब र STEAM आधारित शिक्षण सुरु, व्यवहारिक सिकाइमा जोड

Breaking News 1, samachar, शिक्षा, समाचार, सुदूरपश्चिम
बैशाख १६, कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगरस्थित सार्क एजुकेसन फाउण्डेशन (सार्क स्कुल)ले चालु शैक्षिक सत्रदेखि आधुनिक शिक्षण विधि अवलम्बन गरेको छ। विद्यालयले २०८३ सालदेखि ल्याब र STEAM (विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित) मा आधारित पठनपाठन सुरु गर्ने तयारी पूरा गरेको जनाएको छ। सार्क स्कुलका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण बस्नेतका अनुसार विश्व शैक्षिक बजारको मागअनुसार सक्षम जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित स्मार्ट शिक्षण प्रणाली लागू गर्न लागिएको हो। “विद्यार्थीको मनोविज्ञानलाई आधार मानेर हरेक विषयका लागि अलग–अलग ल्याब निर्माण गरेका छौँ,” उनले भने, “१०–१५ वर्षपछि विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति तयार पार्नु हाम्रो उद्देश्य हो।” विद्यालयले विज्ञान, प्रविधि, अनुसन्धान, इन्जिनियरिङ, कला, गणित तथा वातावरणसम्बन्धी विषयमा प्रयोगात्मक र अनुसन्धानमुखी कार्य...
गरिब तथा जेहनदार विद्यार्थीलाई हाइजेनिक किटसहित शैक्षिक सामग्री वितरण

गरिब तथा जेहनदार विद्यार्थीलाई हाइजेनिक किटसहित शैक्षिक सामग्री वितरण

Breaking News 1, samachar, ट्रेन्डिङ, शिक्षा, समाचार, सुदूरपश्चिम
कञ्चनपुर —चैत्र १ पुनर्वास नगरपालिका र पेशवान संस्थाको संयुक्त सहयोगमा दुर्गा माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहनदार ३१५ जना विद्यार्थीलाई हाइजेनिक किटसहित विभिन्न शैक्षिक सामग्री वितरण गरेको छ।  नगर प्रमुख तोय प्रसाद शर्माको प्रमुख आतिथ्यमा आयोजित औपचारिक कार्यक्रममार्फत विद्यार्थीहरूलाई हाइजेनिक किट, टिफिन बक्स, पानीको बोतल तथा झोला हस्तान्तरण गरिएको हो। कार्यक्रममा प्रत्येक विद्यार्थीलाई करिब रु. १,९५० बराबरको सामग्री प्रदान गरिएको जानकारी दिएको छ। सहयोग सामग्रीले विद्यार्थीहरूको स्वास्थ्य, सरसफाइ तथा अध्ययनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको आयोजकले बताए कार्यक्रममा बोल्दै नगर प्रमुख शर्माले विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणका लागि यस्ता सहयोग कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै सहयोगी संस्थाप्रति आभार व्यक्त गर्नुभयो। यस्ता कार्यक्रम ...
बेदकोटमा महिलालाई आत्मनिर्भर बनाउने डल कुसुम तालिम सम्पन्न

बेदकोटमा महिलालाई आत्मनिर्भर बनाउने डल कुसुम तालिम सम्पन्न

Breaking News 1, samachar, ट्रेन्डिङ, व्यापार, शिक्षा, शेयर बजार, समाचार, सुदूरपश्चिम
कंचनपुर बेदकोट नगरपालिकामा महिलाको आयआर्जन र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालन गरिएको डल कुसुम तालिम सफलतापूर्वक सम्पन्न भएको छ। बेदकोट नगरपालिकाका १० वडाबाट सहभागी २२ जना महिलालाई लक्षित गरी उक्त तालिम आयोजना गरिएको हो। तालिम समापन कार्यक्रममा बोल्दै बेदकोट नगरपालिकाका नगरप्रमुख तथा कार्यक्रमका सभाध्यक्ष भोजराज बोहराले महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। छोटो समयको तालिम भए पनि सहभागीहरूले राम्रोसँग सिप सिकेको र सिकेका सीपलाई व्यवहारमा उतार्दै बजारसम्म बिक्री गर्न सक्ने क्षमताको विकास भएको उहाँको भनाइ थियो। महिलाहरू आत्मनिर्भर हुँदा समाजमा सम्मान र इज्जत बढ्ने उल्लेख गर्दै उहाँले आत्मनिर्भर महिलाले आफ्नो घरव्यवहार आफैँ चलाउन सक्ने बताउनुभयो। साथै, आगामी दिनमा थप तालिमको व्यवस्था गरिने पनि जानकारी दिनुभयो। यसैगरी बेदकोट नगरपालि...
अदालतको आदेश अवहेलना गर्दै बेल्डाडी गाउँपालिका: शिक्षक हटाइए, सरुवा विवाद, विद्यार्थी पठनपाठनबाट बञ्चित

अदालतको आदेश अवहेलना गर्दै बेल्डाडी गाउँपालिका: शिक्षक हटाइए, सरुवा विवाद, विद्यार्थी पठनपाठनबाट बञ्चित

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
कञ्चनपुर । कञ्चनपुर जिल्लाको बेल्डाडी गाउँपालिकाले संघीय तथा प्रदेश कानुन र अदालतका आदेशलाई बेवास्ता गर्दै मनपरी निर्णय गर्दै आएको आरोप लागेको छ। गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूमा कानुनी ज्ञानको अभाव देखिँदा सामुदायिक विद्यालयका विद्यार्थीहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। बेल्डाडी गाउँपालिकाको कार्यपालिका सदस्यहरूमध्ये अधिकांशले न्यून शैक्षिक योग्यता हासिल गरेका छन् भने नियम–कानुनको पालना गर्नुपर्ने दायित्वप्रति गम्भीरता नदेखाएको स्थानीय सरोकारवालाहरूको भनाइ छ। गाउँपालिका अध्यक्ष हरिश्चन्द्र राना स्वयं SLC उत्तीर्ण र करिब १०–१२ वर्ष प्राथमिक तहका राहत शिक्षकका रूपमा कार्य गरेको पृष्ठभूमि भए पनि उनको कार्यकालमा शैक्षिक अवस्था झन् कमजोर बन्दै गएको आरोप छ। ३१ निजी शिक्षक हटाउने निर्णयबाट विवाद सुरु गाउँपालिकाले मिति २०८२/०४/०५ मा विगत १५–२० वर्षदेखि सामुदायिक विद्यालयमा अध्य...
एन–प्याब्सन सुदूरपश्चिम प्रदेश अधिवेशन सुरु

एन–प्याब्सन सुदूरपश्चिम प्रदेश अधिवेशन सुरु

Breaking News 2, samachar, ट्रेन्डिङ, शिक्षा, समाचार, सुदूरपश्चिम
कंचनपुर राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन, नेपाल (एन–प्याब्सन) सुदूरपश्चिम प्रदेशको प्रदेश अधिवेशन सुरु भएको छ। कैलाली र कञ्चनपुर जिल्लाका निजी तथा आवासीय विद्यालयका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको छ। अधिवेशनको अध्यक्षता एन–प्याब्सन सुदूरपश्चिम प्रदेश अध्यक्ष वीरबहादुर चन्दले गरेका थिए भने प्रमुख अतिथिका रूपमा एन–प्याब्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपाने सहभागी रहेका छन्। कार्यक्रममा केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्याम सिंह मौनी, केन्द्रीय उपाध्यक्ष खनाल, केन्द्रीय सचिव डीडी अवस्थी, पूर्व केन्द्रीय सदस्य प्रजापति नेगी, कैलाली जिल्ला अध्यक्ष ललित साउँद तथा कञ्चनपुर जिल्ला अध्यक्ष सतिश बहादुर चन्दलगायतको उपस्थिति रहेको थियो। शुभकामना मन्तव्यका कैलालीका अध्यक्ष ललित साउँदले निजी विद्यालयले सहयोग गरेका केही विद्यार्थी संगठनहरू नै पछिल्लो समय निजी विद्यालयविरुद्ध उत्...
युगज्योति एकेडेमीका ५६ विपन्न बालबालिकालाई न्यानो लुगा वितरण पुनर्वास, कञ्चनपुर।

युगज्योति एकेडेमीका ५६ विपन्न बालबालिकालाई न्यानो लुगा वितरण पुनर्वास, कञ्चनपुर।

Breaking News 1, samachar, शिक्षा, समाचार, सुदूरपश्चिम
  कञ्चनपुर। पुनर्वास नगरपालिका–६ स्थित युगज्योति एकेडेमी माध्यमिक विद्यालयका ५६ जना विपन्न तथा जेहेन्दार बालबालिकालाई न्यानो लुगा वितरण गरिएको छ। चिसो बढ्दै गएको यस समयमा बालबालिकालाई लक्षित गर्दै आइतबार विद्यालय परिसरमा एक विशेष कार्यक्रमको आयोजना गरी न्यानो जर्सी वितरण गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि तथा पुनर्वास नगरपालिका वडा नम्बर–६ का वडा अध्यक्ष मित्र सिंह लामाले विदेशमा रहेर पनि जन्मभूमिप्रति जिम्मेवारी बोध गर्दै सामाजिक सेवामा सक्रिय रहनु प्रशंसनीय कार्य भएको बताउँदै समाजसेवी शिव बिष्ट र सुशील श्रेष्ठलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले आगामी दिनमा पनि यस्ता रचनात्मक तथा सकारात्मक सामाजिक कार्यमा निरन्तरता दिन आग्रह गर्नुभयो। कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष विश्वनाथ बिष्टले सहयोगी दुवै जनाप्रति हार्दिक आभार व्यक्त गर्दै विदेशमा रहेर आफ्नो आम्दानीबाट ...
विकास हुन नसकेको हुम्ला जिल्ला

विकास हुन नसकेको हुम्ला जिल्ला

Breaking News 1, samachar, कर्णाली, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार
कञ्चनपुर-   कर्णाली प्रदेशको हुम्ला  जिल्लामा अझै बिकाश हुन  सकेको छैन त्याहा का जनता को अझै दयनिय अवस्था रहेको छ न्यानो कपडा वितरण गर्न हुम्ला पुगेको आशिका तामाङ भन्नुहुन्छ, "बाटो RAP भन्ने बेलायती सस्था ले खोलीदेको पाँच बर्ष भो एक टुक्रा पिच छैन  सडकको पनि स्तरउन्नति हुन नसकेको उहाँको भनाइ छ। , बिजुली को पोल छ बत्ति छैन, धारा छ पानी छैन, सरकारी स्कुल हेर्दा गोठ जस्तो छ , स्थानीय जनता को जिबन स्तर हेर्दा 2045/46 साल तिर को जस्तो देखिन्छ ! खेतिबालि  गरेर  6 महिना खान पुग्दैन , जीवन स्तर दयनिय रहेको  बालबालिका को अवस्था हेर्दा भो'कै  देखिन्छ  गणतन्त्र आयन पनि हुम्ला जिल्ला मा बिकाश हुन नसकेको तमाङ को भनाइ रहेको छ एक एक रुपिया उठायर  सुदुर पश्चिमी  को दार्चुला जिल्ला का सरकारी बिद्यालयमा गयर अर्थीक अवस्था कमजोर भयका बालबालिका हरुलाइ न्यानो लुगा जुत्ता बितरण गर्दै दर्चुला जिल्ला बाट शुरु  गरे...
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान ः वेदकोट नगरपालिकाले प्रत्येक वडामा जनचेतना मुलक कार्यक्रम गर्ने

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान ः वेदकोट नगरपालिकाले प्रत्येक वडामा जनचेतना मुलक कार्यक्रम गर्ने

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, शेयर बजार, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बेदकोट नगरपालिकाले वडावडामा विभिन्न सचेतनामुलक कार्यक्रम गर्ने भएको छ । मंगलबार ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ वेदकोट नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरीक शाखाले ३४औ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको औपचारीक कार्यक्रम गरी समुद्धघाटन गरेको हो । कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरीक शाखा प्रमुख राधिका पन्तले १६ दिने अभियानको शिलसिलामा पालिकाको १० वटै वडामा सचेतनामुलक कार्यक्रम गरीने कार्यतालिका प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको कार्यतालिका अनुसार मंसिर ११ गते वडा नं. २ को छाउगोठ भएको समुदायमा छाउपढी कुप्रथाकाबारेमा अन्तरक्रिया, मंसिर १२ गते वडा नं. ३को छाउगोठ भएको समुदायमा छाउपढी कुप्रथाकाबारेमा अन्तर...
‘एलबिए फेष्ट २०८२’ भव्यताका साथ सम्पन्न, फेष्टमा ६ सय विज्ञान तथा कला प्रर्दशनी र ३५ वटा फुड स्टल

‘एलबिए फेष्ट २०८२’ भव्यताका साथ सम्पन्न, फेष्टमा ६ सय विज्ञान तथा कला प्रर्दशनी र ३५ वटा फुड स्टल

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
कञ्चनपुर – सुदूरपश्चिमकै अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध एकेडेमीले आयोजना गरेको महोत्सव सम्पन्न भएको छ । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका ३ महेन्द्रनगरमा रहेको लिटिल बुद्ध एकेडेमीले ‘एलबिए फेष्ट ०८२’ भव्यताका साथ सम्पन्न गरेको हो । विद्यार्थीहरूको सिर्जनात्मकता, क्षमता र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको ‘एलबिए फेष्ट ०८२’ मा विद्यार्थीहरुले विभिन्न विधाका प्रदर्शनीहरू प्रस्तुत गरेका छन् । त्यसैगरी एलबिए फेष्टमा कला, विज्ञान, हस्तकला, तथा विभिन्न परिकारहरूको फुड स्टल राखेका छन । फेष्टमा विद्यार्थीहरुले सामुहिकरुपमा लगानी गरी व्यपार व्यवसाय गरेका छन् । उनीहरुले फुड स्टलबाट भएको आम्दानीको २५ प्रतिशत बाल अनाथालयमा दान गर्ने योजना रहेको बताए । कक्षागतरुपमा सामुहिक लगानी गरीएका फुडस्टलहरुले अभिभावकहरुलाई आकर्षण गरेको थियो । फेष्टमा ३५ वटा विभिन्न परिकारका खाद्य स्टल...
धर्मेन्द्र रानाको कुखुरा फर्मबाट दैनिक ४ हजार अण्डा उत्पादन

धर्मेन्द्र रानाको कुखुरा फर्मबाट दैनिक ४ हजार अण्डा उत्पादन

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १ बन्साहका युवक धर्मेन्द्र राना व्यवसायिक कुखुरा व्यवसायमा जुटेका छन । २६ बर्षिया राना १० बर्ष अघि सन ०१४ मा स्वदेशमा रोजगारी नपाएपछि मलेसिया गएका थिए । रोजगारदाताले एक काम भनेर अर्को काममा भिडाएपछि धोका पाएका राना एक बर्ष मात्रै काम गरेर स्वदेश फर्किए । मलेरियामको अण्डा उत्पादन कम्पनीमा उनका मामा चितराम राना काम गर्दै आएका थिए । मामा भेटन् जाँदा उनले त्यहाँ आधुनिक प्रविधिबाट अण्डा उत्पादन गरेको देखेर स्वदेशमा पनि अहिले अण्डा उत्पादनमा जुटेका छन । सम्भव रानाले कञ्चनपुर जिल्लामै आधुनिक९केजस्टक० प्रविधिबाट अण्डा उत्पादन गर्ने कुखुरा पालेका छन । पाँच बर्ष अघि ०७७सालतिर परम्परागत रुपमा अण्डा उत्पादन गर्ने कुखुरा पालेका रानाले अहिले आधुनिक प्रविधिबाट कुखुरा पालेका हुन । शुरुवातमा डेढ हजार कुखुरा पालेका रानाले अहिले आधुनिक प्रविधिबाट ४हजार कुखुरा पा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज