मेधावी सेकेन्डरी स्कुलद्धारा संविधान दिवस अवसरमा बतृत्वकला
महेन्द्रनगर – मेधावी सेकेन्डरी स्कुलले संविधान दिवसको अवसरमा वतृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । शनिबार अर्थात असोज ३ गते संविधान दिवसको अवसरमा महेन्द्रनगरको मेधावी सेकेण्डरी स्कूलले ‘नेपालको संविधान’ शिर्षकमा विद्यार्थीहरुविच बतृत्वकला प्रतियोगिता गराएको हो । विद्यालयले विद्यार्थीहरुमा संविधानको महत्व, यसको आवश्यकताबारेमा जानकारी गराउने उदेश्यले बतृत्वकला प्रतियोगिता गरेको मेधावी सेकेण्डरी स्कूलका विज्ञान शिक्षक शिवम बस्नेतले बताए । उनका अनुसार प्राईमरी, सेकेण्डरी लेवल अनुसार विद्यार्थीहरुलाइ बतृत्वकला प्रतियोगितामा प्रतिस्पर्धा गराईएको हो ।
त्यसैगरी संविधान दिवसकै अवसरमा गत महिनामा तिज विषेश कार्यक्रममा नृत्य प्रतियोगिताको पुरस्कार प्रदान गरीएको शिक्षक शिवम बस्नेतले जानकारी दिए । शिक्षक शिवमका अनुसार नृत्य प्रतियोगितामा प्रथम हुने विद्यार्थीलाई दुई हजार, दितिय हुनेलाई एक हजार ...





















