महेन्द्रनगरमा विपिन जोशीको सम्झनामा ‘विपिन चोक’ नामकरण
महेन्द्रनगर- इजरायल-हमास युद्धमा हमासको अपहरणमा परी ज्यान गुमाएका विपिन जोशीको सम्झनामा ‘विपिन चोक’ नामकरण गरिएको छ । शनिबार बेलुका एक कार्यक्रमका बीचमा स्व.विपिनकाे घर भएकाे स्थान भीमदत्त नगरपालिका-३ स्थित मालिकार्जुन टोलमा ‘विपिन चोक’नामाकरण गरिएको हो। कार्यक्रममा विपिनको सम्झनामा दीप प्रज्वलनसहित टोलको नामाकरण गरिएको थियो। उक्त कार्यक्रममा बहिनी फुर्सदशीको पनि उपस्थिति रहेको थियो। बहिनी पुष्पा जोशीलाई देखेर उपस्थित भएका सम्पूर्णका आँखा रसाएका थिए।
कार्यक्रममा वडाध्यक्ष गगनसिंह धामीले विपिन वडाको पूर्वखेलाडीसमेत भएकाले उनको सम्झनामा प्रत्येक वर्ष वडास्तरीय क्रिकेट प्रतियोगितासमेत आयोजना गरिने घोषणा गरेका छन् ।
...












