×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

Day: २ पुष २०८२, बुधबार

प्राविधिक समस्याले एमाले महाधिवेशनको मतदान रोकियो, बुधबार बिहानसम्म स्थगित

प्राविधिक समस्याले एमाले महाधिवेशनको मतदान रोकियो, बुधबार बिहानसम्म स्थगित

Breaking News 1, राजनीति
कञ्चनपुर – नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन जारी रहँदा आज हुने भनिएको मतदान प्रक्रिया अन्तिम समयमा आएर स्थगित भएको छ। मतदानका लागि प्रतिनिधिहरु लाइनमा बसेकै अवस्थामा प्रक्रिया रोक्दै बुधबार बिहान ८ बजेसम्मका लागि स्थगन गरिएको हो। मतदान किन स्थगित गरियो भन्ने विषयमा नेता कर्ण थापाले प्राविधिक कारण रहेको बताएका छन्। उनका अनुसार मतदान सुरु हुनै लाग्दा विद्युतीय भोटिङ मेसिनमा समस्या देखिएको थियो। “मतदान आज हुन सकेन, प्राविधिक कारणले,” थापाले भने, “प्रतिनिधिहरु लाइनमा बसिसकेको अवस्था थियो। मेसिनमा उम्मेदवारको नाम अल्फाबेट अनुसार नमिलेको समस्या आएको भनेर प्राविधिकहरुले जानकारी गराएका छन्।” उनले प्रयोग हुने मेसिनको विश्वसनीयतामाथि समेत प्रश्न उठेको उल्लेख गरे। महाधिवेशनमा कुल ८० वटा विद्युतीय मेसिन प्रयोग गरेर मतदान गर्ने तयारी गरिएको थियो। यस महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तम...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज