महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समितिको पहिलो बैठक सम्पन्न, सेवा सुधारमा जोड
कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नवगठित व्यवस्थापन समितिको पहिलो परिचयात्मक तथा अन्तरक्रियात्मक बैठक सम्पन्न भएको छ।समितिका अध्यक्ष महेश पन्तको अध्यक्षतामा आयोजित कार्यक्रममा चिकित्सक, कर्मचारी, पत्रकार तथा विभिन्न क्षेत्रका बौद्धिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
अध्यक्ष महेश पन्तले अस्पतालको समग्र सुधारलाई प्राथमिकतामा राख्दै सेवा प्रवाहको गुणस्तर अभिवृद्धि र जनगुनासो न्यूनीकरणका लागि प्रतिबद्धता व्यक्त गरे।
उनले अस्पताललाई “जनताको विश्वासको केन्द्र”का रूपमा विकास गर्ने लक्ष्य लिएको बताउँदै सेवाग्राहीले सहज, छिटो र गुणस्तरीय सेवा पाउने वातावरण निर्माण गरिने धारणा राखे।
उनका अनुसार सरसफाइ व्यवस्थापन सुदृढीकरण, स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, कर्मचारीको मनोबल वृद्धि तथा आधुनिक प्रविधिको प्रयोगमा...












