विवादपछि श्रीमानको हत्या गरेको श्रीमतीको बयान
महेन्द्रनगर (कञ्चनपुर), जेठ ७ —
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–५, रकुनी टोलमा ४५ वर्षीय लीलाराम सुनारको हत्या प्रकरणमा उनकी श्रीमती यशोदाले श्रीमान्को हत्या गरेको स्वीकार गरेकी छन्।
गत सोमबार बिहान लीलाराम आफ्नै घरमा घाँटीमा चक्कु प्रहार गरिएको अवस्थामा मृत फेला परेका थिए। घटनापछि प्रहरीले अनुसन्धानका क्रममा उनकी ३५ वर्षीया श्रीमती यशोदालाई नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र थापाका अनुसार प्रारम्भिक बयानमा यशोदाले आपसी विवादका क्रममा श्रीमान्को हत्या गरेको स्वीकार गरेकी हुन्।
प्रहरीका अनुसार आइतबार रातिदेखि नै श्रीमान्–श्रीमतीबीच विवाद सुरु भएको थियो। राति सँगै सुतेका उनीहरूबीच सोमबार बिहान पुनः चर्को विवाद भएपछि यशोदाले चक्कु प्रहार गरेको बयान दिएकी छन्। त्यसपछि उनले इलाका प्रहरी कार्यालयमा श्रीमान् मृत अवस्थामा रहेको जानकारी गराएक...












