कञ्चनपुरमा युवक मृत फेला, घटनाबारे प्रहरीले थाले गम्भीर अनुसन्धान
हेमा भट्ट
कञ्चनपुर, ०८ जेठ -
भीमदत्त नगरपालिका-६ ऐठपुरस्थित नहर छेउमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। शुक्रबार साँझ करिब ६ः५५ बजे उक्त घटनाबारे वडा प्रहरी कार्यालय महेन्द्रनगरमा जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।
घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट SOCO टोलीसहित १५ जना प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धान, घटनास्थल निरीक्षण तथा प्रमाण संकलन कार्य तीव्र रूपमा अघि बढाइएको छ।
मृतकको पहिचान अछामको पंचदेवल विनायक नगरपालिका-६ टोली निवासी कमल बिष्टका रूपमा भएको प्रहरीले पुष्टि गरेको छ। शवलाई पोस्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरको शवगृहमा राखिएको छ।
घटनाबारे सत्यतथ्य पत्ता लगाउन प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ। स्थानीयवासीले पनि घटनाप्रति चासो व्यक्त गर्...












