नेपालीपनको सुगन्ध, प्रेमको मिठास र संगीतको जादु बोकेको चलचित्र ‘मालती मंगले
कञ्चनपुर जेठ ११ |
खेमराज भट्ट
काठमाडौं — नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय मौलिक कथा, गाउँघरको परिवेश र नेपाली समाजको यथार्थलाई समेट्ने चलचित्रप्रति दर्शकको आकर्षण बढ्दै गएको छ। यही क्रममा चर्चामा रहेको चलचित्र ‘मालती मंगले ’ले पनि दर्शकमाझ विशेष उत्साह सिर्जना गरेको छ। प्रेम, भावना, संघर्ष र नेपाली संस्कृतिको सुगन्ध बोकेको यस चलचित्रले नेपालीपनलाई जीवन्त रूपमा पर्दामा उतार्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ।
चलचित्रमा विजय बराल, वर्षा राउत, प्रकाश घिमिरे, मेक्सम गौडेल, सरिता गिरी, सुष्मा निरौला लगायत कलाकारहरूको अभिनय रहेको छ भने निर्देशन प्रकु पाण्डेयले गर्नुभएको हो। पारिवारिक सम्बन्ध, समाजको वर्गीय विभेद, गाउँघरको सरल जीवनशैली र साँचो प्रेमको कथालाई चलचित्रले भावनात्मक ढंगले प्रस्तुत गरेको बताइन्छ।
विशेष गरी यस चलचित्रमा चर्चित गायक रामकृष्ण ढकाल को भूमिका निकै महत्वपूर्ण ...












