×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

बागमती

कञ्चनपुरका बिरेन्द्र साउद रास्वपा शिक्षा विभाग केन्द्रीय सदस्य

कञ्चनपुरका बिरेन्द्र साउद रास्वपा शिक्षा विभाग केन्द्रीय सदस्य

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, मनोरञ्जन, राजनीति
कञ्चनपुर जेठ १२ गते डिल्लीराज पन्त, राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा) कञ्चनपुरका युवा नेता बिरेन्द्र सिह साउद केन्द्रीय शिक्षा विभाग सदस्यमा मनोनित भएका छन । रास्वपा युवा नेता एव शिक्षक बुद्धिजिवी साउद केन्द्रीय शिक्षा विभाग सदस्यमा मनोनित भएका हुन । उनलाई पाटी महामन्त्री भुपदेव शाहले पाटीको शिक्षा विभाग केन्द्रीय सदस्यमा मनोनित गरेको जनाएका छन । भीमदत्त नगरपालिका १८ महेन्द्रनगर निवासी साउद शिक्षक बुद्धिजिवी समेत भएका हुन । यस अघि उनी नेकपा माओवादीमा हुँदा बुद्धिजिवी संगठन जिल्ला अध्यक्ष थिए । महामन्त्री भूप देव शाहद्वारा जारी पत्रमार्फत साउदलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो । पत्रमा पार्टीको विधान, नीति, सिद्धान्त तथा विभागीय नियमावलीअनुसार जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्य उनक्त गरिएको छ । रास्वपाले शिक्षा क्षेत्रलाई थप प्रभावकारी बनाउन अनुभवी तथा सक्रिय व्यक्तित्...
कार्यविधि विपरित विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरी जनताको सेवामा परिचालन गर्न सांसद महताको माग

कार्यविधि विपरित विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरी जनताको सेवामा परिचालन गर्न सांसद महताको माग

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार, सुदूरपश्चिम
कञ्चनपुर जेठ १२ गते । कञ्चनपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र सिंह महता ले अति विशिष्ट तथा विशिष्ट व्यक्तिहरूको सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ। आज बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद महताले राज्यका सुरक्षा निकायमा जनशक्ति अभाव देखिएको अवस्थामा कार्यविधि विपरीत व्यक्तिकेन्द्रित सुरक्षा सुविधा उपलब्ध गराउने अभ्यासको समीक्षा गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले देशको सुरक्षा अवस्था विगतको तुलनामा सुधार भएको, शान्ति प्रक्रिया टुंगिएको तथा लोकतान्त्रिक संस्थाहरू सुदृढ हुँदै गएको उल्लेख गर्दै सुरक्षा व्यवस्था वास्तविक जोखिम मूल्याङ्कनका आधारमा मात्र निर्धारण हुनुपर्ने धारणा राख्नुभयो। सुरक्षा आवश्यकताको वैज्ञानिक मूल्याङ्कन नगरी प्रभाव, पहुँच वा राजनीतिक आधारमा सुरक्षा सुविधा वितरण गरिनु उपयुक्त नहुने उहाँ...
नेपालीपनको सुगन्ध, प्रेमको मिठास र संगीतको जादु बोकेको चलचित्र ‘मालती मंगले

नेपालीपनको सुगन्ध, प्रेमको मिठास र संगीतको जादु बोकेको चलचित्र ‘मालती मंगले

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार, सुदूरपश्चिम
कञ्चनपुर जेठ ११ | खेमराज भट्ट काठमाडौं — नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय मौलिक कथा, गाउँघरको परिवेश र नेपाली समाजको यथार्थलाई समेट्ने चलचित्रप्रति दर्शकको आकर्षण बढ्दै गएको छ। यही क्रममा चर्चामा रहेको चलचित्र ‘मालती मंगले ’ले पनि दर्शकमाझ विशेष उत्साह सिर्जना गरेको छ। प्रेम, भावना, संघर्ष र नेपाली संस्कृतिको सुगन्ध बोकेको यस चलचित्रले नेपालीपनलाई जीवन्त रूपमा पर्दामा उतार्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ। चलचित्रमा विजय बराल, वर्षा राउत, प्रकाश घिमिरे, मेक्सम गौडेल, सरिता गिरी, सुष्मा निरौला लगायत कलाकारहरूको अभिनय रहेको छ भने निर्देशन प्रकु पाण्डेयले गर्नुभएको हो। पारिवारिक सम्बन्ध, समाजको वर्गीय विभेद, गाउँघरको सरल जीवनशैली र साँचो प्रेमको कथालाई चलचित्रले भावनात्मक ढंगले प्रस्तुत गरेको बताइन्छ। विशेष गरी यस चलचित्रमा चर्चित गायक रामकृष्ण ढकाल को भूमिका निकै महत्वपूर्ण ...
प्रहरीको पोशाकबाट ‘कुकर कफी’सम्म : पूर्व एसपी अवधेश विष्टको प्रेरणादायी नयाँ यात्रा

प्रहरीको पोशाकबाट ‘कुकर कफी’सम्म : पूर्व एसपी अवधेश विष्टको प्रेरणादायी नयाँ यात्रा

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
कञ्चनपुर जेठ १०  खेमराज भट्ट काठमाडौँ नेपाल प्रहरीमा वर्षौँसम्म अनुशासन, जिम्मेवारी र नेतृत्व सम्हालेका पूर्व प्रहरी उपरीक्षक (एसपी) अवधेश विष्ट अहिले भने फरक परिचयका साथ चर्चामा छन्। प्रहरीको कठोर भूमिकाबाट बाहिरिएपछि उनले रोजेको बाटो हो— “कुकर कफी”। ललितपुरको जावलाखेलमा सञ्चालन भइरहेको उनको “प्रेसर कुकर कफी” अहिले युवा पुस्तामाझ निकै लोकप्रिय बनेको छ। सामान्य कफी पसलभन्दा फरक शैली, पुरानो स्वाद र सिर्जनात्मक प्रस्तुतिका कारण धेरैको ध्यान त्यतातिर तानिएको छ। प्रेसर कुकरको बाफबाट तयार गरिने विशेष कफी नै उनको व्यवसायको मुख्य आकर्षण हो। आधुनिक क्याफे संस्कृतिबीच उनले पुरानो शैलीलाई नयाँ स्वादमा प्रस्तुत गरेका छन्। यही फरकपनले “कुकर कफी” अहिले सामाजिक सञ्जालदेखि युवा जमातसम्म चर्चाको विषय बनेको छ। प्रहरी सेवामा रहँदै उनले सानो लगानीबाट यो व्यवसाय सुरु गरेका थिए। त्यतिबेला धेरैले “एसपी भएर...
सुदूरपश्चिमका लागि परिणाममुखी बजेटको माग “अब उद्घाटनका भाषण होइन, सम्पन्न आयोजना चाहिन्छ” — सांसद ज्ञानेन्द्र सिंह महता

सुदूरपश्चिमका लागि परिणाममुखी बजेटको माग “अब उद्घाटनका भाषण होइन, सम्पन्न आयोजना चाहिन्छ” — सांसद ज्ञानेन्द्र सिंह महता

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, विचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर जेठ ४ गते काठमाडौं,— प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै कञ्चनपुर–३ बाट निर्वाचित सांसद ज्ञानेन्द्र सिंह महता ले सुदूरपश्चिम प्रदेशको विकास, सम्भावना र जनअपेक्षाका विषयलाई जोडदार रूपमा उठान गरेका छन्। सांसद महताले आफू केवल औपचारिक भाषण गर्न नभई “विकासको प्रतीक्षामा रहेका लाखौँ नागरिकको आशा, अपेक्षा र पीडा बोकेर” सदनमा उभिएको बताएका थिए। उनले सुदूरपश्चिमलाई देशको कुनामा परेको भूगोल मात्र नभई अपार सम्भावना बोकेको क्षेत्रका रूपमा चित्रित गर्दै हिमाल, नदी, जडीबुटी, कृषि तथा पर्यटनको प्रचुर सम्भावनालाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्ने धारणा राखे। ऊर्जा र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै उनले लामो समयदेखि अलपत्रजस्तै बनेका पश्चिम सेती जलविद्युत आयोजना र पञ्चेश्वर बहुउद्देश्यीय आयोजना को ...
अब गुट छैन, सिङ्गो एमाले मात्रै छ’ — उपमहासचिव लेखराज भट्ट

अब गुट छैन, सिङ्गो एमाले मात्रै छ’ — उपमहासचिव लेखराज भट्ट

Breaking News 1, samachar, बागमती, राजनीति, समाचार
काठमाडौं। नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीभित्र गुटबन्दी अन्त्य भइसकेको दाबी गर्दै अध्यक्ष केपी शर्मा ओलीलाई साझा र समग्र नेतृत्वका रूपमा स्वीकार गर्न सबै नेता–कार्यकर्तालाई आग्रह गरेका छन्। नेकपा एमाले सुदूरपश्चिम सम्पर्क कमिटीद्वारा आयोजित बधाई तथा सम्मान कार्यक्रममा बोल्दै भट्टले पार्टी अब गुट–उपगुटभन्दा माथि उठेर एकीकृत रूपमा अघि बढिसकेको बताए। “अब यो र त्यो गुट छैन, सिङ्गो एमाले मात्रै छ,” उनले भने, “अध्यक्ष केपी शर्मा ओलीलाई साझा र समग्र नेतृत्वका रूपमा बुझ्नुपर्छ र साथ दिनुपर्छ।” पार्टीका आन्तरिक समस्या र असन्तुष्टि सामाजिक सञ्जालमा पोख्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै भट्टले यस्ता विषय पार्टी कमिटीभित्रै छलफल र विधिबाट समाधान गर्नुपर्नेमा जोड दिए। “फेसबुकको हल्लाले होइन, सल्लाह र विधिले पार्टी चल्नुपर्छ,” उनले स्पष्ट पारे। देशी तथा विदेशी शक्तिहरूबाट पार्...
सुदूरपश्चिमबाट लेखराज भट्ट एक्ला एमाले पदाधिकारी, ओलीको नेतृत्वमा पार्टी पुनः सुदृढ

सुदूरपश्चिमबाट लेखराज भट्ट एक्ला एमाले पदाधिकारी, ओलीको नेतृत्वमा पार्टी पुनः सुदृढ

Breaking News 1, samachar, बागमती, राजनीति, समाचार
कञ्चनपुर – नेकपा (एमाले) को ११औँ महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै लेखराज भट्ट एक्ला पदाधिकारीका रूपमा निर्वाचित भएका छन्। पूर्व माओवादी कमाण्डरसमेत रहेका भट्ट माओवादी केन्द्रमा रहँदा सर्वोच्च पदमा पुगेका थिए भने एमालेमा आएपछि पनि पार्टीको तेस्रो वरियताको पद उपमहासचिवमा पुग्न सफल भएका हुन्। महाधिवेशनले एमालेको नेतृत्व पुनः केपी शर्मा ओलीकै काँधमा सुम्पिएको छ। अध्यक्ष पदमा ओलीले आफ्ना प्रतिस्पर्धी ईश्वर पोखरेललाई १३९९ मतको फराकिलो अन्तरले पराजित गर्दै पुनः अध्यक्षमा विजय हासिल गरेका हुन्। ओलीले १६६३ मत ल्याउँदा पोखरेलले ५६४ मतमा सीमित भए। यसअघि एमालेमा नेतृत्वका लागि २ वर्षे कार्यकाल र ७० वर्षे उमेर हदको व्यवस्था थियो। तर गत भदौमा सम्पन्न विधान महाधिवेशनबाट उक्त प्रावधान हटाइएपछि ओली तेस्रो कार्यकालका लागि पार्टी नेतृत्वमा पुगेका हुन्। बरिष्ठ उपाध्यक्ष पद खारेज भएसँगै प...
विधान संशोधन नगर्ने एमालेको निर्णयपछि १०३ नेतासहित शीर्ष तहमै ‘व्यवस्थापन चुनौती’

विधान संशोधन नगर्ने एमालेको निर्णयपछि १०३ नेतासहित शीर्ष तहमै ‘व्यवस्थापन चुनौती’

Breaking News 1, samachar, बागमती, समाचार, स्वास्थ्य
काठमाडौं  नेकपा एमालेले ११औँ महाधिवेशनको पूर्वसन्ध्यामा धेरैले अनुमान गरेजस्तो विधान संशोधन नगर्ने निर्णय गरेको छ। शुक्रबार च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनले पारित गरेको विधानअनुसार नै नेतृत्व चयन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। उनका अनुसार अब पार्टीको २५१ सदस्यीय केन्द्रीय कमिटी तथा १५ सदस्यीय पदाधिकारी संरचनालाई आधार मानेर नेतृत्व निर्माण हुनेछ। विधान फेरबदल हुने आशंका धेरैकै बीच यस्तो निर्णय आएपछि एमालेभित्र नयाँ बहस सुरु भएको छ। हाल एमाले केन्द्रीय कमिटीमा ३५४ सदस्य रहेकाेमा संरचना घटेपछि १०३ जना नेता अनिवार्य रूपमा अवकाशको सूचीमा पर्नुपर्नेछ। त्यस्तै १९ सदस्यीय सचिवालय १५ सदस्यमा सीमित हुने भएकाले ४ जना सचिवालय सदस्य बाहिरिने निश्चित छ। स्थायी कमिटी २७ सदस्यीय रहे पनि नयाँ विधानले यो संरचना नै ...
एमालेको ११औँ महाधिवेशन भोलिदेखि सुरु : सुदूरपश्चिम नेतृत्वका लागि लेखराज भट्ट सर्वसम्मत रूपमा अघि सारिने तयारी

एमालेको ११औँ महाधिवेशन भोलिदेखि सुरु : सुदूरपश्चिम नेतृत्वका लागि लेखराज भट्ट सर्वसम्मत रूपमा अघि सारिने तयारी

Breaking News 1, samachar, बागमती, समाचार
कंचनपुर काठमाडौं :- नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन भोलिदेखि भव्य रूपमा सुरु हुँदैछ। नयाँ केन्द्रीय संरचना र नेतृत्व चयनका लागि ऐतिहासिक मानिँदै आएको यो महाधिवेशनमार्फत अध्यक्षसहित २५१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिँदैछ, जसले पार्टीको रणनीतिक दिशा, संगठन सुदृढीकरण र आगामी राजनीतिक यात्राको मार्गचित्र तय गर्नेछ। सातै प्रदेश तथा ७७ वटै जिल्लाबाट निर्वाचित प्रतिनिधिहरू काठमाडौंमा भेला भइसकेका छन्। जेन-जी पुस्ताको माग, पार्टी सुधार, आन्तरिक व्यवस्थापन र नीतिगत पुनर्संरचना यसपटकको प्रमुख एजेन्डा रहने संकेत एमाले नेतृत्वले दिएको छ। सुदूरपश्चिम नेतृत्वमा लेखराज भट्ट ‘सर्वसम्मत’ रूपमा अघि सारिने तयारी महाधिवेशनको अग्रभागमै सुदूरपश्चिम प्रदेश नेतृत्वको बहस बलियो रूपमा उठिरहेको छ। प्रदेश इन्चार्ज लेखराज भट्टलाई यसपटक केन्द्रीय पदाधिकारीमा सर्वसम्मत रूपमा अघि सार्ने तयारी भइरहेको एमाले ...
ओलीले बोलाउँदै गर्दा एमाले नेता कर्णबहादुर थापा ‘धकेलिँदा’; सुरक्षाकर्मीको व्यवहारप्रति थापाको असन्तुष्टि

ओलीले बोलाउँदै गर्दा एमाले नेता कर्णबहादुर थापा ‘धकेलिँदा’; सुरक्षाकर्मीको व्यवहारप्रति थापाको असन्तुष्टि

Breaking News 1, samachar, बागमती, समाचार
कंचनपुर नेकपा एमालेको एघारौँ महाधिवेशनका लागि आइतबार च्यासलस्थित केन्द्रीय कार्यालयमा लोगो सार्वजनिक गर्ने कार्यक्रम आयोजित गरियो । कार्यक्रमलाई अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायत शीर्षस्थ नेतृत्वले उपस्थिति जनाएका थिए । उक्त कार्यक्रममा पछिल्लो समय अध्यक्ष ओलीप्रति सार्वजनिक रूपमा आलोचनात्मक टिप्पणी गर्दै आएका स्थायी कमिटी सदस्य कर्णबहादुर थापा पनि सहभागी भए । दिउँसोको सो कार्यक्रममा ओली प्रवेश गरेपछि थापा पनि तुलसीलाल स्मृति प्रतिष्ठानको माथिल्लो तल्लातिर बढे । थापालाई देखेपछि अध्यक्ष ओलीले ‘कार्यक्रममा जाऊँ’ भनेर इशारा गर्दै बोलाए । ओलीकै निम्तोमा अघि बढिरहेका थापालाई सुरक्षा गार्डजस्तै भूमिकामा रहेका एक युवकले रिसोर्टजस्तै शैलीमा रोक्दै करिब–करिब धकेलिदिए । अचानक परेको धकेलाका कारण थापा लड्नुअघि नै आफूलाई सम्हाल्न बाध्य भए । त्यसपछि थापाले तत्कालै प्रतिकार ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज