५ औँ कञ्चनपुर सम्मेलन दश बुदे घोषणा पत्र जारी गर्दै सम्पन्न
महेन्द्रनगर – पाचौ कञ्चनपुर सम्मेलन सम्पन्न भएको छ । शुक्रबार बेलौरी नगरपालिकाको आयोजना एव एनएनएसडब्लुएको प्राविधिक सहयोगमा “सुरक्षित र दिगो विकासका लागि उत्थानशील पालिका मञ्च” भन्ने नाराका साथ सुरु भएको पाँचौँ कञ्चनपुर सम्मेलन सम्पन्न भएको हो । बेलौरीमा सम्पन्न उक्त सम्मेलनले जलवायु परिवर्तन अनुकूलन तथा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको पक्षमा १० बुँदे ‘बेलौरी घोषणापत्र’ जारी गरेको छ ।
दीगो विपद् व्यवस्थापन, जोखिम न्यूनिकरण र स्थानीय सरकारको सक्रिय भूमिका सुनिश्चित गर्नउक्त सम्मेलन आयोजना गरीएको छ । उक्त सम्मेलनमा जिल्लाका नौवटै स्थानीय तहका प्रमुख उपप्रमुख सरकारी तथा गैरसरकारी संघ–संस्था, सुरक्षाकर्मी, सञ्चारकर्मी, विज्ञ एवम् सरोकारवालाको सहभागिता रहेको थियो।
सम्मेलनले आगामी दिनमा जिल्लामा हुने कुनै पनि प्राकृतिक वा मानवसृजित विपद् जोखिमको सामना गर्न तयारी, योजना र समन्वयलाई प्राथमि...















