×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

मनोरञ्जन

वेदकोट नगरस्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रूपमा सम्पन्न

Breaking News 1, samachar, ट्रेन्डिङ, मनोरञ्जन, समाचार, सुदूरपश्चिम
कंचनपुर वेदकोट नगरपालिकाको आयोजनामा सम्पन्न नगरस्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ भव्य र सभ्य वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितावेदकोट नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्यता तथा नगर खेलकुद विकास समिति अध्यक्ष प्रजापति भट्टको सभापतित्वमा सम्पन्न भएको हो। प्रतियोगितामा विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गर्दै श्री बैजनाथ माध्यमिक विद्यालय, जडेपानीले समग्र उपाधि जित्दै विजेता बन्न सफल भएको छ। प्रतियोगिताले नगरभित्रका विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि, अनुशासन र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको भनाइ छ।...
पदक पायौँ, शिल्ड खोइ?’—उसु खेलाडीको आवाज बेवास्ता, राष्ट्रपति रनिङ शिल्ड छनोटमा विवाद

पदक पायौँ, शिल्ड खोइ?’—उसु खेलाडीको आवाज बेवास्ता, राष्ट्रपति रनिङ शिल्ड छनोटमा विवाद

Breaking News 1, samachar, खेलकुद, ट्रेन्डिङ, मनोरञ्जन, समाचार, सुदूरपश्चिम
कंचनपुर महेन्द्रनगर । भीमदत्त नगरपालिकाद्वारा आयोजित नगरस्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता तथा दोस्रो आधारभूत विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत उसु विधामा पदक गणनालाई लिएर विवाद चुलिएको छ। प्रतियोगितामा बैजनाथ माध्यमिक विद्यालयले उसु विधामा सबैभन्दा बढी पदक जिते पनि ती पदकहरू पदक तालिकामा समावेश नगरिएको भन्दै विद्यालय पक्षले आपत्ति जनाएको छ। सचिवालयले प्रतिस्पर्धा पर्याप्त नभएको कारण देखाउँदै उसुका पदक गणना नहुने जनाएको छ, जसपछि विवाद सार्वजनिक भएको हो। गत वर्ष १५ औँ राष्ट्रपति रनिङ शिल्डमा पनि बैजनाथ माविले सबैभन्दा बढी पदक जितेर शिल्ड पाएको थियो। तर प्रतिस्पर्धी विद्यालय नहुँदा विवाद उत्पन्न भएपछि छ महिनापछि शिल्ड फिर्ता गरिएको थियो। यस वर्ष भने उसुमा ६ विद्यालय सहभागी रहेको विद्यालय पक्षको दाबी छ। बैजनाथ माविले यस वर्ष उसुमा ९ स्वर्ण र ३ रजत पदक जितेको छ। अ...
तेस्रो इण्डो–नेपाल अन्तर्राष्ट्रिय कराँते किक–बक्सिङ प्रतियोगितामा एसपी खड्क बहादुर खत्री सम्मानित

तेस्रो इण्डो–नेपाल अन्तर्राष्ट्रिय कराँते किक–बक्सिङ प्रतियोगितामा एसपी खड्क बहादुर खत्री सम्मानित

Breaking News 1, samachar, खेलकुद, ट्रेन्डिङ, मनोरञ्जन, समाचार, सुदूरपश्चिम
⊆ कञ्चनपुर। “विकास ! अनुशासन !! गतिशीलता !!!” तथा राष्ट्रिय खेलकुद परिषद्को मूलमन्त्र **‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’**लाई आत्मसात गर्दै कञ्चनपुरमा सम्पन्न तेस्रो इण्डो–नेपाल अन्तर्राष्ट्रिय कराँते किक–बक्सिङ प्रतियोगिता २०८२मा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक (एसपी) खड्क बहादुर खत्रीलाई विशेष सम्मान प्रदान गरिएको छ। जापान कराँते–डो कोशीकाई सितोरियो संघ नेपाल, कञ्चनपुरद्वारा भदौ १०, ११ र १२ गते (अगस्ट २६–२८, २०२५) आयोजित प्रतियोगितामा सुरक्षा, सहयोग र समन्वयनमा एसपी खत्रीले पु–याएको योगदानको कदर गर्दै आयोजक संस्थाले ताम्रपत्र प्रदान गरेको हो। सम्मान समारोहमा आयोजक संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलकुदले पाएको प्रतिष्ठामा खत्रीजस्ता व्यक्तिहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै, यस्ता सम्मानहरूले खेलाडीहरूको मनोबल वृद्धि हुने तथा उनी...
प्रेस चौतारी नेपालद्धारा हरितालिका तिजको शुभकामना आदानप्रदान एव. तिज विशेष कार्यक्रम सम्पन्न

प्रेस चौतारी नेपालद्धारा हरितालिका तिजको शुभकामना आदानप्रदान एव. तिज विशेष कार्यक्रम सम्पन्न

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, शेयर बजार, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–प्रेस चौतारी नेपाल कञ्चनपुर जिल्ला कार्य समितिले हरितालिका तिजको शुभकामना आदानप्रदान एवं तिज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । आईतबार शहिद भीमदत्त पन्त प्रतिष्ठानको सभाहलमा सम्पन्न औपचारकि कार्यक्रममा नेकपा(एमाले) पोलिटव्यूरो सदस्य निरुदेवि पाल प्रमुख अतिथि रहेका थिए भने प्रेस चौतारी नेपाल कञ्चनपुरका अध्यक्ष मदन गिरीले अध्यता गरेका थिए । कार्यक्रममा एमाले जिल्ला उपाध्यक्ष एव प्रचार प्रसार विभाग प्रमुख जनकराज अवस्थी, सामुदायिक रेडियो प्रसारण संघ का पुर्व केन्द्रिय उपाध्यक्ष विष्णु अवस्थी, अनेमा संघका केन्द्रिय सदस्य कमला भट्ट, अध्यक्ष चिनि गिरी, उपाध्यक्ष भुवन कुवर, सचिव दुर्गा भट्ट, पत्रकार महासंघका उपाध्यक्ष धर्मा कुमारी रोकाया, पुर्व उपाध्यक्ष द्धय भवानी भट्ट, दर्गा उपाध्यय, प्रेस सेन्टरका अध्यक्ष अरुण भट्ट लगायतका अतिथि रहेका थिए । नेकपा(एमाले) पोलिटव्यू...
सामुदायिक वन समन्वय समितिको २१औँ बार्षिक साधारण सभा सम्पन्न

सामुदायिक वन समन्वय समितिको २१औँ बार्षिक साधारण सभा सम्पन्न

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, राजनीति, समाचार, सुदूरपश्चिम
कञ्चनपुर - सामुदायिक वन समन्वय समिति (सिएफसीसी)को २१ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । ‘वनको दिगो व्यवस्थापन र सामुदायिक अधिकार, समावेशी, सुशासन र हरित अर्थतन्त्र सम्बृद्धिको आधार’ भन्ने मुल नाराका साथ सामुदायिक वन समन्वय समिति(सिएफसीसी)को बार्षिक साधारण सभा सम्पन्न भएको हो । आइतबार कृष्णपुर नगरपालिका ६ सिहपुर सामुदायिक वनमा आयोजित बार्षिक साधारण सभामा सामुदायिक वन समन्वय समिति९सिएफसीसी०का अध्यक्ष महेश दत्त जोशीले पर्यावरण, बन्यजन्तुको सरक्षण, उपभोक्ताको हक अधिकार, सामुदायिक वनको सुशासनदेखिका लालझाडी मोहना जैविक मार्ग क्षेत्रमा सरक्षणका विविध पक्षमा कामकाज गर्दै आएको बताए ।   गत आर्थिक बर्ष ०८१/०८२ मा थुप्रै सरक्षणका योजना सम्पन्न गरिएको बताउँदै अध्यक्ष जोशीले तराई भूपरिधी९ताल० लगायतका सरकारी, गैर सरकारी संघ,संस्था, सामुदायिक वन, स्थानीय सरकार सबै क्षेत्रसंगको समन्वयमा ...
किसानहरुलाई प्रदान गरिने अनुदान वितरण र विषादी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

किसानहरुलाई प्रदान गरिने अनुदान वितरण र विषादी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरमा उखु किसानहरुलाई प्रदान गरिने अनुदान वितरण र विषादी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । मंगलबार कोष तथा लेखा नियन्त्रक कार्यालय र कृषी ज्ञान केन्द्रको सयुक्त अयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो । अनुदान भुक्तानी समिति संयोजक एवं कञ्चनपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलले अध्यक्षता गरेको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दुर्गा दत्त बोहरा प्रमुख अतिथि रहनुभएको थियो । सहायक जिल्ला अधिकारी परशुराम पोखरेलले कार्यक्रमको बारेमा स्पष्ट पारेका थिए । त्यसैगरी कृषि ज्ञानकेन्द्रका प्रमुख गोविन्द सिजापतीले जीवनाषक विषादीको असर र सुरक्षित प्रयोगबो बारेमा प्रस्तुती राखेका राखेका थिए । त्यसैगरी लेखा कोष तथा नियन्त्रण कार्यालयका प्रमुख कृष्ण बहादुर धामीले कृषकहरुलाई उखु अनुदान वितरण सम्बन्धी कानुनी व्यवस्था र कञ्चनपुर जिल्लामा अनुदान वितरणको अवस्...
१०औ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुन्छ : राखेप सदस्य सचिव घिसिङ

१०औ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुन्छ : राखेप सदस्य सचिव घिसिङ

Breaking News 1, कर्णाली, खेलकुद, गण्डकी, मनोरञ्जन, विचार, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर – १०औ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै मितिमा सम्पन्न हुने राष्ट्रिय खेलकुद परिषद(राखेप) सदस्य सचिव टंकलाल घिसिङले बताउनुभयो । शनिबार कञ्चनपुरको महेन्द्रनगर पुगेर खेलकुदका भौतिक संरचनाको अवलोकन गरेका राखेप सदस्य सचिव घिसिङले कुनै पनि हालतमा तोकिएकै मितिमा राष्ट्रिय खेलकुद प्रतियोगिता हुने बताएका हुन् । उहाँले उत्कृष्ट प्रदर्शनका लागि राम्रो तयारीमा जुट्न सबै खेलाडीमा अनुरोध समेत गर्नुभयो । ‘जहांसम्म १०औ राष्ट्रिय खेलकुद प्रतियोगिता सर्दैसर्दै जेठमा पुगेको छ, बास्तवमा सदस्य सचिव भएर मैले ९औ राष्ट्रिय खेलकुदको समेत नेतृत्व गर्ने अवसर पाए, र मैले त्यतिबेला नै मंसिर २ गते २०८१मा गर्ने गरी मिति तय गरेर सोका लागि आवश्यक बजेट समेत विनियोजन गत बर्ष नै गरेर पुरक बजेटको व्यवस्थापन भईसकेको स्थीति थियो, भलै विचमा परीषदको बैठकहरु समयमै नहुदाखेरी पहिले तोकेको मितिमा हुनसकेन,’ उहाँले अगाड...
क्याप्टेन वेद उप्रेतीको ‘पायलट प्रेम’

क्याप्टेन वेद उप्रेतीको ‘पायलट प्रेम’

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–क्याप्टेन वेद उप्रेतीले फेरी नयाँ पुस्तक ‘पायलट प्रेम’ बजारमा ल्याएका छन । बिहीबार क्याप्टेन उप्रेतीले महेन्द्रनगर म्यूजियममा एक कार्यक्रमका विच पाईलट जिवनमा आधारीत पुुस्तक ‘पायलट प्रेम’ बिनोचन गरेका हुन् । कोरोना महामारीका बेला ईण्डोनेसियामा हुदा पाईलटको जिवनमा आधारित उपन्यास ‘पायलट प्रेम’ रचना गरिएको क्याप्टेन उप्रेतीले बताउनुभयो । उपन्यासमा विद्यार्थी जीवनबाट पायलट पेषामा कसरी आकर्षक हुन्छन् ?, अनि पायलट बन्न केके गर्नुपर्छ ? नेपालको परिपेक्षमा कति पढ्नुपर्छ ? खास गरी पायलट जिवनमा आउने चुनौती र सम्भावना लगायतका विषयको खुल्दुली मेटाउन साहित्यिक भाषामा चित्रण गरीएको उहाँले उल्लेख गर्नुभयो ।   सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्तले पुस्तक बिमोचन गर्दै क्याप्टेन उप्रेतीमा भएको बिलक्षण प्रतिभाको उपज नयाँ पुस्तक ‘पायलट प्रेम’ बजारमा आएको बताउनुभयो...
चौध लाख बढि रकम चोरी गर्ने महिला र पुरुष पक्राउ

चौध लाख बढि रकम चोरी गर्ने महिला र पुरुष पक्राउ

Breaking News 1, अर्थ, ट्रेन्डिङ, बागमती, मनोरञ्जन, सुदूरपश्चिम
महेन्द्रनगर–वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले चौध लाखबढि रकम चोरी गर्ने महिला र पुरुषलाई रकम सहित रंगेहात पक्राउ गरेको छ । कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. ८ सिर्जनाचोक स्थित साईमन पार्टि प्यालेसको कार्यालयबाट चोरी गरी फरार रहेका रुपन्देहीको देवदह नगरपालिका वडा नं. १० का २२ बर्षिय ईश्वर श्रेष्ठ र स्याङ्जाको भिरकोट नगरपालिका वडा नं. ३की २९ बर्षिया पुजा श्रेष्ठलाई नगद रु १२ लाख ५२ हजार ५८० र तिन थान मोवाईल सहित रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. ११ कालिका नगरको होटलबाट प्रहरीले आईतबार पक्राउ गरेको हो । शुक्रबारदेखि चोरी गरी फरार दुबै जनालाई पक्राउ गर्न वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीको सहयोग लिएको थियो ।   ईलाका प्रहरी कार्यालयमा चोरी भएको सूचना आउनेवित्तिकै प्रहरी परिचालन गरी...
कृष्णपुर नगरपालिकाले मंगलबारदेखि राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गर्दै, २६ विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गर्ने

कृष्णपुर नगरपालिकाले मंगलबारदेखि राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गर्दै, २६ विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गर्ने

Breaking News 1, samachar, खेलकुद, ट्रेन्डिङ, मनोरञ्जन, लुम्बिनी, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरको कृष्णपुर नगरपालिकाले मंगलबारदेखि १५औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता आयोजना गर्ने भएको छ । नगरपालिकाले प्रीतियोगिताको तयारी अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । कृष्णपुर नगरपालिका वडा नंम्बर २ वाणी स्थित सरस्वती माध्यामिक विद्यालयको प्राङगणमा हुने उक्त प्रतियोगितामा पालिकाका २६ माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई सहभागि गराउने नगर प्रमुख हेमराज ओझाले बताउनु भयो । ‘यस प्रतियोगितामा नगरपालिका भरीका सबै २६ वटै माध्यमिक विद्यालयका विद्यार्थीहरु प्रतिस्पर्धि रहनेछन,’ उहाले भन्नुभयो ‘सानो कक्षाको विद्यार्थीहरु पनि प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्, तर अन्य कक्षा आठ भन्दा साना विद्यालयका विद्यार्थीहरु सहभागिताबाट छुट्ने कुरालाई मध्यनवजर राख्दै अन्य बक्तित्वकला, बादविवाद प्रतियोगिता समेत आयोजना गरिनेछ ।’ मेयर ओझाका अनुसार प्रथम,द्वितिय, तृतिय...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज