होली फेम्ली क्रिकेट महाकुम्भ : मैदानमा चम्किँदै भोलिका राष्ट्रिय स्टार
कञ्चनपुर जेठ २६ गते
हेमा भट्ट,
कञ्चनपुरको भीमदत्त नगरपालिका-१० स्थित होली फेम्ली इङ्लिस मिडियम स्कुलको खेल मैदान यतिबेला क्रिकेटमय बनेको छ। मिति २०८३ जेठ २५ गतेदेखि सुरु भएको होली फेम्ली अन्तरविद्यालय क्रिकेट च्याम्पियनसिप-२०८३ मा जिल्लाका विभिन्न विद्यालयका विद्यार्थी खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गर्दै खेलप्रेमीहरूको ध्यान आकर्षित गरेका छन्।
कञ्चनपुर क्रिकेट संघको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको प्रतियोगिताले विद्यालयस्तरका खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ। प्रतियोगितामा सहभागी खेलाडीहरूले ब्याटिङ, बलिङ र फिल्डिङमा देखाएको कौशलले भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिताको भूमिका महत्वपूर्ण हुने सन्देश दिएको छ।
प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न तीन खेलमा लिटिल बुद्ध एकेडेमी, कञ्चनजङ्घा बोर्डिङ स्कुल र श्री महाकाली से...


















