कार्यविधि विपरित विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरी जनताको सेवामा परिचालन गर्न सांसद महताको माग
कञ्चनपुर जेठ १२ गते
। कञ्चनपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र सिंह महता ले अति विशिष्ट तथा विशिष्ट व्यक्तिहरूको सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
आज बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद महताले राज्यका सुरक्षा निकायमा जनशक्ति अभाव देखिएको अवस्थामा कार्यविधि विपरीत व्यक्तिकेन्द्रित सुरक्षा सुविधा उपलब्ध गराउने अभ्यासको समीक्षा गर्न आवश्यक रहेको बताउनुभयो।
उहाँले देशको सुरक्षा अवस्था विगतको तुलनामा सुधार भएको, शान्ति प्रक्रिया टुंगिएको तथा लोकतान्त्रिक संस्थाहरू सुदृढ हुँदै गएको उल्लेख गर्दै सुरक्षा व्यवस्था वास्तविक जोखिम मूल्याङ्कनका आधारमा मात्र निर्धारण हुनुपर्ने धारणा राख्नुभयो। सुरक्षा आवश्यकताको वैज्ञानिक मूल्याङ्कन नगरी प्रभाव, पहुँच वा राजनीतिक आधारमा सुरक्षा सुविधा वितरण गरिनु उपयुक्त नहुने उहाँ...












