अम्बिका मा.वि मा अनेरास्ववियु कमिटी गठन
महेन्द्रनगर -नेकपा(एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)ले दोधाराचाँदनी नगरपालिका वडा नं.०९ स्थित श्री अम्बिका मा.वि.आम्भोज मा कक्षा १२ मा अध्ययन छात्रा अस्मी बिटालु को अध्यक्षतामा ३९ सदस्यीय कमिटी गठन गरेको छ ।अनेरास्ववियुले शुक्रबार कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्ष वीर बहादुर खड्का, सचिव रोशन ठकुरी,कोषाध्यक्ष सीता गुरुङ,सहसचिव चन्द्र प्रकाश खड्का र बन्दना बुढामगर रहेका छन ।
कमिटी गठनमा अनेरास्ववियु जिल्ला कमिटी कोषाध्यक्ष तथा दोधाराचाँदनी नगरपालिका इन्चार्ज महेश भट्ट,जिल्ला कमिटी सदस्य आकृति कसेरा र पालिका कमिटी उपाध्यक्ष दशरथ भट्ट को उपस्थिति रहेको थियो ।
अनेरास्ववियु दोधाराचाँदनी इन्चार्ज महेश भट्टले निर्वाचित कमिटीलाई बधाई ज्ञापन गर्दै विद्यार्थीमा स्वयम् सेवि भावना जागृत गराउन तथा विसंगति विरुद्ध क्रियाशील गराउ...














