×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

Day: १५ मंसिर २०८२, आईतवार

डोटीमा बोलेरो जिप दुर्घटना,  चालक सहित १२ जना घाइते

डोटीमा बोलेरो जिप दुर्घटना, चालक सहित १२ जना घाइते

Breaking News 1, Breaking News 2, samachar, समाचार, सुदूरपश्चिम
कञ्चनपुर, मंसिर १४। डोटीको आदर्श गाउँपालिका–४ ल्वारेगडामा आइतबार दिपायलबाट गोरेलीतर्फ जाँदै गरेको बोलेरो जिप करिब १०० मिटर तल खोल्सामा खस्दा १२ जना घाइते भएका छन । सु.प.प्र. ०२–००१ च ११३५ नम्बरको जिप कच्ची र बिग्रिएको सडक खण्डमा पुगेपछि अनियन्त्रित हुँदै खोल्सामा झरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। दुर्घटनामा चालक मोहन बिष्टसहित १२ जना यात्रुहरू घाइते भएका छन्। सबै घाइतेलाई स्थानीय काँणीस्याउले जि.डी. पोलिक्लिनिकमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी निरीक्षक पदम राज पन्तको नेतृत्वमा ९ जनाको टोली परिचालन गरिएको थियो। प्रहरीले दिएका विवरण अनुसार घाइतेमा भगवती बि.क., रितिका बि.क., राजन बि.क., टिका बि.क., शेर बि.क., मोहन बिष्ट, सरस्वती ओझा, लाल बहादुर बिष्ट, दिल्ली राज ओझा, बिष्ना ओझा, सन्तोष बिष्ट र दिपेश ओझा रहेका छन्। अधिकांशको अवस्था सामान्य छ भने चालक मोह...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज