×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

Day: २२ मंसिर २०८२, आईतवार

बेलौरी मेयर कपमा खेलाडीमाथि कुटपिट — कञ्चनपुर खेलकुद समितिको छानबिन र कडा कारबाहीको माग

बेलौरी मेयर कपमा खेलाडीमाथि कुटपिट — कञ्चनपुर खेलकुद समितिको छानबिन र कडा कारबाहीको माग

Breaking News 1, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर — बेलौरीमा जारी मेयर कप फुटबल प्रतियोगिताका क्रममा खेलाडी करन पालमाथि भएको कुटपिट घटनापछि खेलकुद क्षेत्रबाट दोषीमाथि कडा कारबाही र निष्पक्ष छानबिनको माग तीव्र बनेको छ। आइतबार मायामेट्रो अस्पतालमा उपचाररत पाललाई भेट्न पुगेका कञ्चनपुर खेलकुद समितिका अध्यक्ष कुबेर खड्काले घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै “दोषीलाई कुनै हालतमा उन्मुक्ति दिनु हुँदैन” भन्दै तत्काल छानबिन प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई आग्रह गरे। उनका अनुसार खेल मैदानमै भएको हिंसात्मक आक्रमण एक खेलाडीमात्र नभई सम्पूर्ण खेल क्षेत्रमाथिको प्रहार भएको हो। घटनापछि प्रदेश खेलकुद परिषद्को सदस्य–सचिव, कञ्चनपुर जिल्ला फुटबल संघ, जिल्ला खेलकुद समिति, जिल्ला रेफ्री संघ तथा स्थानीय खेलकुद समुदायले पनि एक स्वरमा दोषी पहिचान गरी कानुनी कारबाही गर्न माग गरेका छन्। अध्यक्ष खड्काले घाइते खेलाडीको उपचारमा आवश्यक सहयोग सुनि...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज