दोधाराचाँदनी र भीमदत्त नगगरपालिकामा बाल विवाह रोक्न सबल बालिका सबल समुदाय परियोजना लागु
दोधाराचाँदनी र भीमदत्त नगगरपालिकामा बाल विवाह रोक्नका लागि सबल बालिका सबल समुदाय परियोजना लागु भएको छ । प्लान ईन्टरनेशनल र वातावरण सरक्षण तथा समाज कल्याण संघ नेपाल९पेशवान०को संयुक्त साझेदारीमा ‘सबल बालिका सबल समुदाय’ परिजना लागु भएको हो ।
बुधबार जिल्लाका परियोजना सल्लाहकार समितिसंग आयोजित छलफल कार्यक्रलममा प्लान ईन्टरनेशलका कार्यक्रम अधिकृत रमेश घिमिरेले बालविवाह निरन्तर हुन थालेपछि रोक्नका लागि कार्यक्रम लागु गरिएको बताए । उनका अनुसार सुदूरपश्चिमको बाजुरा र कञ्चनपुरमा उक्त कार्यक्रम लागु भएको छ । कञ्चनपुरको भीमदत्त नगरका १, ३, १३ र दोधाराचाँदनी नगरका ३, ७ , १० वडाहरुमा कार्यक्रम लागु हुनेछ । दुवै पालिका ६ वडाहरुमा २का दरले १२ वडा किशोरी क्लब समुह गठन गरिएको, अभिभावक, सरोकारवालासंग सचेतना कक्षा संचालन गरिएको बताए ।आगामी दिनहरुमा समेत सचेतना सहितका विवित कार्यक्रम गरेर बाल विवाह रोक...












