३ करोड लगानीमा भीमदत्त–ब्रह्मदेव लिङ्क सडक निर्माण हुँदै, शुक्रबारदेखि काम सुरु
कञ्चनपुर
महेन्द्रनगर भिमदत्तनगरपालिका वडा नम्बर १० मा करिब ३ करोड रुपैयाँको लगानीमा महत्वपूर्ण सडक निर्माण हुने भएको छ। दोधारा–चाँदनी, भीमदत्त हुँदै ब्रह्मदेव लिङ्क जोड्ने सडक निर्माणको ठेक्का ज्ञान÷जिके जेभी महेन्द्रनगरले पाएको छ।
गड्डाचौकी ब्यारियलदेखि करिब डेढ किलोमिटर लम्बाइको यस सडक बजार क्षेत्रभित्र नालीसहित सात मिटर फराकिलो निर्माण गरिनेछ। सडक निर्माणसँगै व्यवस्थित नाली बनाइने भएकाले वर्षा तथा बाढीको समयमा हुने पानी निकास समस्यामा समेत सुधार आउने अपेक्षा गरिएको छ।
भीमदत्त नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष महेश चन्दले ३ करोडको लगानीमा निर्माण हुन लागेको यस सडकले मुख्य बजार, विद्यालय, स्वास्थ्य चौकी तथा आवासीय क्षेत्रलाई जोड्ने बताए। उनले यसले स्थानीय यातायात सहज बनाउनुका साथै जनजीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।
अध्यक्ष चन्दले भने, “फराकिलो सडक र नाली नि...












