कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी बैठक सम्पन्न
कञ्चनपुर ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी बैठक सम्पन्न भएको छ। बैठकमा स्थानीय तहका नगर प्रमुख, राजनीतिक दलका प्रतिनिधि, विभिन्न कार्यालय प्रमुख, संघ–संस्थाका प्रतिनिधि तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।
बैठकमा सहभागीहरूले आ–आफ्ना धारणा राख्दै आफ्नो–आफ्नो पालिकामा देखिएका विपद् सम्बन्धी समस्या, जोखिमका अवस्था र न्यूनीकरणका उपायबारे जानकारी गराएका थिए। विशेषगरी बाढी, डुबान, आगलागी, चट्याङलगायत प्राकृतिक विपद्का कारण उत्पन्न चुनौतीहरूबारे छलफल गरिएको थियो।
यसै क्रममा प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले विपद् व्यवस्थापनमा पूर्वतयारी, समन्वय र साझा प्रयासको आवश्यकता औंल्याउनुभयो। उहाँले सबै सरोकारवाला निकायबीच सहकार्य गर्दै जोखिम न्यूनीकरणका लागि समयमै योजना निर्माण र कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो। साथै, विपद्का बेला जनधनको क्षति न्...












