रानीसैनमा पर्यटकमाथि दुर्व्यवहारको आरोप : लाम्पाटाबाटै फर्काइए, केही घाइते
कञ्चनपुर जेठ ४ गते
हुम्ला । सुन्दर पर्यटकीय गन्तव्य मानिने रानीसैन क्षेत्रमा घुम्न पुगेका पर्यटकमाथि दुर्व्यवहार भएको आरोप सार्वजनिक भएपछि स्थानीय स्तरमै तीव्र आलोचना सुरु भएको छ। बाजुराको लाम्पाटा क्षेत्रबाट अगाडि जान नदिई पर्यटकलाई जबर्जस्ती फर्काइएको मात्र होइन, केहीमाथि कुटपिटसमेत गरिएको बताइएको छ। घटनामा केही व्यक्ति घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
प्रत्यक्षदर्शीका अनुसार, रानीसैन क्षेत्र अवलोकन गर्न पुगेका आन्तरिक पर्यटकलाई स्थानीय केही व्यक्तिले “यहाँ जान पाइँदैन” भन्दै बाटोमै रोकेका थिए। विवाद चर्किँदै जाँदा हातपातको अवस्था सिर्जना भएको र केही पर्यटक घाइते बनेको आरोप लागेको छ। घटनापछि प्रभावित पर्यटक त्रसित बनेका छन् भने सामाजिक सञ्जालमा यसको व्यापक विरोध भइरहेको छ।
स्थानीय पर्यटन प्रवर्द्धनमा सबै नागरिकको भूमिका महत्वपूर्ण हुने बेला यस्तो घटनाले समग्र क्षेत्रक...













