गोदामभरि मल, खेतमा अभाव” — कञ्चनपुरका किसान रोपाइँको मुखमै संकटमा, सरकारी ढिलासुस्तीले बढ्यो आक्रोश
कञ्चनपुर जेठ ५ गते
कञ्चनपुरमा धानको बेर्ना छर्ने मुख्य सिजन सुरु भएसँगै
किसानहरू रासायनिक मलको चरम अभाव झेल्नबाध्य भएका छन्।सरकारी गोदाममा हजारौँ मेट्रिक टन मल मौज्दात हुँदाहुँदै पनि वितरण प्रक्रिया सुस्त हुँदा किसान खाली हात फर्किनुपरेको भन्दै व्यापक गुनासो बढेको हो।
स्थानीय किसान भीम चन्दले भने, “सरकारी मल पाइँदैन, निजी पसलमा महँगो छ। खेती जोगाउन बाध्य भएर महँगोमा किन्नुपरेको छ।”
यता कृषि सामग्री कम्पनी कञ्चनपुर शाखाका प्रमुख हेमराज जोशीले भने कञ्चनपुरका ९ वटा स्थानीय तह मध्ये लालझाडी गाउँपालिका पुनर्वास नगरपालिका बेलौरी नगरपालिकाले कैलाली क्षेत्रीय कार्यालय बाट मलखाद उठाउने गरेको बताए बाँकी रहेका छवटा स्थानीय तहले जिल्लाबाटै मलखाद लिने गरेको छन्। उहाँले भन्नुभयो जिल्लाका करिब १५० सहकारीलाई खेतीयोग्य जमिनका आधारमा मलको कोटा छुट्याइएको जानकारी दिए। उनका अनुसार कतिपय स...




















