राष्ट्रिय जेष्ठ नागरीक समाज नेपाल भीमदत्त नगरपालिका कार्यसमितिद्धारा दिवासेवा कार्यक्रम सम्पन्न
महेन्द्रनगर – राष्ट्रिय जेष्ठ नागरीक समाज नेपाल भीमदत्त नगरपालिका कार्यासमितिद्धारा दुईदिने ‘दिवासेवा कार्यक्रम’ सम्पन्न भएको छ । सोमबार र मंगलबारगरी दुई दिनसम्म चलेको दिवासेवा कार्यक्रम मंगलबार सम्पन्न गरीएको हो । कार्यक्रम भीमदत्त नगरपालिका वडा नंम्बर १८को राधाकृष्ण मन्दिर वरपिपलचोकमा गरीएको थियो ।
दुई दिने दिवासेवा कार्यक्रम अन्तरगत जेष्ठ नागरीकविचमा भलाकुसारी, भजनकृतन, धार्मिक प्रवचन र योगसम्बन्धी आधारभूत शिक्षा दिईएको राष्ट्रिय जेष्ठ नागरीक समाज नेपाल भीमदत्त नगर कार्यसमिति सचिव गोपाल सिंह खत्रीले बताउनुभयो ।
उक्त समापन कार्यक्रमको सभापतित्व राष्ट्रिय जेष्ठ नागरकि समाज नेपाल भीमदत्त नगरकार्यसमिति अध्यक्ष डम्बर बहादुर सिंहले गरेका थिए भने प्रमुख अतिथि भीमदत्त नगरपालिका वडा नंम्बर १८का वडाध्यक्ष रविन्द्र देवकोटा रहेका थिए । कार्यक्रमको संञ्चालन राष्ट्रिय जेष्ठ नागरकि समाज ...












