शुक्लाफाँटा नगरका मेयर महराको तीन बर्षे कार्यकालका उपलब्धी सार्वजनिक
कञ्चनपुर, । कञ्चनपुरको एक स्थानीय सरकारले तीन बर्षे उपलब्धी सार्वजनिक गरेको छ । जिल्लाकोे शुक्लाफाँटा नगरपालिकाले तीन बर्षे उपलब्धी सार्वजनिक गरेको हो । ३० बैशाख ०७९ सालमा सम्पन्न भएको स्थानीय तहबाट निर्वाचित रण बहादुर महरा नेतृत्वको शुक्लाफाँटा स्थानीय सरकारले हालसम्म गरेका कामकाज सार्वजनिक गरेको जनाएको छ । पूर्वाधार विकास, पशुपक्षी, महिला, प्रशासन, न्याय, कषि, स्वास्थ्य शाखा, सहकारी, शिक्षा, भूमि व्यवस्थापन,रोजगारी, आर्थिक प्रशासन शाखामा तर्फका योजना कार्यान्वयन भएका छन ।
सोमबार पत्रकार सम्मेलन मार्फत पालिकाले पूर्वाधारदेखि ८६ किसानलाई जग्गाधनी प्रमाण जमिनको मालिक बनाईएको छ । नगरका १२वटै वडाहरुमा सडक कालोपत्रेदेखि स्तरोन्नती गरिएका छन ।
मेयर रण बहादुर महराले तीन बर्षे कार्यकालमा परेका योजना सार्वजनिक गर्दै भने, ‘निर्वाचनका बेला जनतासंग गरेका बाचा अनुरुप विकास निर्माणका ...












